सिनेमा ‘अग्नीदहन’ को ट्रेलर सार्वजनिक

सिनेमा ‘अग्नीदहन’ को ट्रेलर सार्वजनिक

द सिनेमा टाइम्स
147
Shares

द सिनेमा टाइम्स, काठमाडौं । आगामी मसिर ७ गते रिलिज हुने सिनेमा‘अग्नीदहन’ को ट्रेलर सार्वजनिक भएको छ । साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्नीदहन’मा आधारित रहेर तयार पारिएको ‘अग्नीदहन’को ट्रेलर बिहीबार सार्वजनिक गरिएको हो ।

दुई मिनेट ३६ सेकेण्डको ट्रेलरमा नाँच्दै गरेकी एक महिला अचानक लडेर काम्न थालेपछि उनलाई बोक्सी लागेको भन्दै दिइएको अनेक मानसिक यातनालाई समेटिएको छ ।
समाजसेवीको भुमिका निभाएका पुरुष प्रकास घिमिरेले ‘बोक्सी अन्धविश्वास हो’ भनिरहँदा समाजले धामीझाक्री लगाउन भन्दै उनलाई दिइएको अनेक यातनलाई ट्रेलरमा स्थान दिइएको छ । बोक्सीको आरोप लगाइएकी माइली दमिनी भनिएकी महिला प्रमिला तुलाचनले फिल्मकी कलाकार अनुपमा भण्डारीलाई ‘अञ्जली म तिमीलाई लिन आएको’ भन्दै बोलाउन थालेपछि अनुपमामा देखिएको त्रासलाई ट्रेलरमा देखाइएको छ ।
बोक्सीको आरोप लागेपछि महिला कतिसम्म विक्षिप्त हुन्छन् भन्ने कुरा ट्रेलरमा प्रस्तुत गरिएको छ ।सिनेमाका निर्देशक घनश्याम लामिछाने हुन् ।सिनेमामा प्रकाश घिमिरे, प्रमिला तुलाचन, माओत्से गुरुङ, अनुपमा भण्डारी, तुलसी क्षेत्री, विष्णु बास्तोला, डा निर्मल लामिछाने, तारा बहादुर गुरुङको अभिनय छ ।

मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठानले निर्माण गरेको सिनेमामा लोकमणी पौडेलको कथा, पटकथा तथा संवाद, कोविदशरण उपाध्यायको परिकल्पना, परिच्छेद सेनको सहायक निर्देशन, दीर्घ गुरुङको छायांकन, दीर्घ खड्काको सम्पादन, शंकर पाण्डेको प्रोडक्सन डिजाइन छ । फिल्मको बिशिस्ट सरक्षक भुबनेश्वर शर्मा पौडेल र मोहनराज पौड्ल हुन । डिसिएन बितरक रहेको फिल्मको डिजिटल पार्टनर ओएसआर रहेको छ ।