काठमाडौं । विराज भट्ट र समीर भट्ट स्टारर सिनेमा ‘१२ गाउँ’ले साढे २५ करोड रुपैयाँ ग्रसकलेक्सन गरेको छ । निर्माण पक्षका अनुसार चार हप्तामा ‘१२ गाउँ’ले २५ करोड ५० लाख ग्रसकलेक्सन गरेको हो ।
फूलपातीका दिन रिलिज भएको सिनेमाले आक्रमक ग्रसकलेक्सन गरेको थियो । बलिउडस्तरको एक्सन सिनेमा भन्दै दर्शकले मन पराएको सिनेमाले आक्रमक व्यापार गरेको हो ।
‘१२ गाउँ’ आजबाट पाँचौं हप्तामा प्रवेश गरेको छ । फूलपातीका दिन रिलिज भएका अन्य सिनेमालाई पछि पार्दै अहिले पनि यो सिनेमा चलिरहेको छ । प्राप्त शोमा अहिले पनि यो सिनेमा हाउसफूल अकुपेन्सीसहित चलिरहेको छ ।
‘१२ गाउँ’लाई विराज भट्टले निर्देशन गरेका छन् । ‘१२ गाउँ’बाट समीर भट्टसँगै दुई अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले डेव्यु गरेका छन् ।
सिनेमामा बिराज, समीर, न्यान्सी र सनिशासँगै मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय रहेको छ ।
विराज भट्ट फिल्म पोडक्सन प्रस्तुतिमा निर्माण भएको सिनेमामा अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।
सिनेमामा विराज स्वंयमको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन रहेको छ ।
एक्सन-थ्रिलर कथामा बनेको सिनेमाका लागि विराजले भारतबाट द्वन्द्व निर्देशक ल्याएका थिए ।तमिल तथा कन्नड सिनेमाका द्वन्द्व निर्देशक स्टन्ट सिल्भालाई नेपाली सिनेमा सफल द्वन्द्व निर्देशनमा शंकर महर्जनले सघाएका छन् । महेश पौडेल छायांकन रहेको सिनेमाको काठमाडौं, ललितपुर, विरगञ्ज र हेटौंडामा छायांकन गरिएको छ । सिनेमाको वितरण काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रिव्युसनले गरेको छ ।



प्रतिक्रिया