काठमाडौं । सिनेमा ‘हरिबहादुरको जुत्ता’मा अभिनेत्री स्वस्तिमा खड्का अनुबन्धित भएकी छन् । निर्माणपक्षले आज सिनेमामा अभिनेत्रीको भूमिकामा स्वस्तिमालाई अनुबन्धित गरेको हो ।
प्रकाश सपूत यसअघि नै अनुबन्धित भइसकेका छन् । यो सिनेमाको मुख्य भूमिकामा हरिवंश आचार्य छन् ।
गायक तथा म्यूजिक भिडियो निर्माता सरोज ओलीले यो सिनेमा निर्माण गर्न लागेका छन् । ‘हरिबहादुरको जुत्ता’लाई दीपेन्द्र के खनालले निर्देशन गर्नेछन् ।
हरिवंशले सिनेमाको पटकथा तथा संवाद लेखेका हुन् । सिनेमाको कन्सेप्ट पनि हरिवंशकै हो । युनिक आइडियामा सिनेमा रहेको उनले बताएका छन् ।
म्युजिक भिडियोमा अभिनेता आचार्य र निर्माता ओलीबीच लगातार सहकार्य भइरहेको थियो । ओली पहिलो पटक सिनेमा निर्माण गर्न लागेका हुन् । आफुले खोजेजस्तै कन्सेप्ट हरिवंशले सुनाएपछि आफू सिनेमा निर्माणमा लगानी गर्न तयार भएको उनले बताएका छन् ।
अभिनेताद्धय हरिवंश र प्रकाशसँग निर्देशक दीपेन्द्रको यो पहिलो सहकार्य हो ।


प्रतिक्रिया