द सिनेमा टाइम्स, काठमाडौं । मंसिर ७ गते प्रदर्शनमा आउने सिनेमा ‘तेल भिसा’को ट्रेलर सार्वजनिक भएको छ ।
सार्वजनिक ट्रेलरमा अमेरिकामा रहेका नेपालीको जीवन भोगाई प्रस्तुत गरिएको छ । केही सदस्य नेपालमा र केही अमेरिकामा रहेको परिवारले भोगिरहेको समस्यालाई ट्रेलरमा देख्न सकिन्छ ।
नेपाल र अमेरिकामा परिवारका सदस्य रहँदाको समस्या, नेपालीमा रहेको विदेश मोह, परिवार चलाउन विदेशमा नेपालीले भोगिरहेको कठिनाई, कानुनी झमेलामा पर्दाको समस्यालाई ट्रेलरमा उजागर गरिएको छ ।
ट्रेलरमा सिनेमाका अधिकांश मुख्य कलाकार फिचर्ड छन् । शंकर घिमिरेको लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमा ‘तेल भिसा’मा अभिनेता विपीन कार्की वृद्ध र जवानसहित दोहोरो भूमिकामा छन् ।
विपीनसँगै वर्षा राउत, पूजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ, सुचित्रा उप्रेती र विदेशी कलाकारहरुको यो सिनेमामा अभिनय रहेको छ ।
अनिल पाण्डे र शिवराज कार्कीको लगानी रहेको सिनेमाका कार्यकारी निर्माता प्रिन्स युवराज कार्की र श्रुती दाहाल हुन् ।
वेलडन क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमाकी प्रस्तुतकर्ता ऋचा घिमिरे हुन् । सिनेमामा सुशन प्रजापतिको छायांकन छ ।


प्रतिक्रिया