‘मिसिङः केटी हराएको सूचना’को प्रदर्शन स्थगित

‘मिसिङः केटी हराएको सूचना’को प्रदर्शन स्थगित

द सिनेमा टाइम्स
70
Shares

द सिनेमा टाइम्स, काठमाडौं । आगामी शुक्रबार अर्थात् कार्तिक ३० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमा ‘मिसिङः केटी हराएको सूचना’को प्रदर्शन स्थगित भएको छ । सिनेमा निर्माण कम्पनी ट्राई सिटीले शुक्रबार एक विज्ञप्ती जारी गर्दै नयाँ प्रदर्शन मिति सार्वजनिक नभएसम्म रिलिज स्थगित गरेको जनाएको छ ।

ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको सिनेमामा दीपेन्द्रकै निर्माण तथा स्क्रिप्ट लेखन छ । अभिनेता नाजिर हुसेन र अभिनेत्री सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको सिनेमामा दीपेन्द्र गौचनको निर्देशन छ । दीपेन्द्रले ३२ वर्षअघि डकु–ड्रामा ‘उजेली’ निर्देशन गरेका थिए ।

सिनेमामा नाजिर, सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ । सिनेमामा अमितेष शाह विशेष भूमिका छन् ।

नकिम उद्दिन कार्यकारी निर्माता रहेको सिनेमामा मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन सह–कार्यकारी निर्माता, अमितेष शाह सहायक निर्माता, दीपेन्द्र गौचनको कथा, अमित पोखरेल र अमितेष शाहको सहायक लेखन, अमित पोखरेलको स्क्रिप्ट सुपरभिजन छ ।