द सिनेमा टाइम्स, काठमाडौं । मंसिर ७ गतेबाट नेपाल र विदेशमा एकसाथ प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘तेल भिसा’ अहिले कथावस्तुका कारण चर्चामा छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरले सिनेमाको हाइप उच्च बनाएको छ ।
सिनेमाको ट्रेलर सार्वजनिक भएको २ दिनमा सिनेमाले साढे १० लाख भ्युज बटुलेको छ । त्यसका साथै सिनेमाले १४ हजार लाइक र ७ सय ३५ कमेन्ट समेत पाएको छ । सिनेमाको सार्वजनिक ट्रेलरको कमेन्टबक्समा अधिकांशले सिनेमाको कथावस्तुले मन छोएको प्रतिक्रिया दिएका छन् । सिनेमाको प्रचार सामाग्रीलाई दर्शकबाट मिलेको उत्कृष्ट प्रतिक्रियाले निर्माण टिम समेत उत्साहीत देखिएको छ ।
सिनेमाको ट्रेलरको कमेन्टबक्समा गोविन्द अर्यालले लेखेका छन्, ‘सार्है राम्रो ट्रेलर आश गरौं पुरै सिनेमा नि राम्रो बनेको होला । शुभकामना छ ।’ यता गुरुङ गणेशले लेखेका छन्, ‘हैन के हो ? आजभोली त नेपाली सिनेमा झन झन राम्रो बन्दै गाको छन् । अल द बेस्ट सम्पुर्ण टिमलाई ।’ अर्का कमेन्टर सञ्जु विजेल नामक दर्शकले लेखेका छन्, ‘तेल भिसाको सानो ट्रेलर हेरेर रुने म अब पुरै सिनेमा हेर्दा कति रुने होला ? विपिन कार्कीको सिनेमा नै येस्तै हुन्छ । सम्पुर्ण टिमलाई शुभकामना ।’
सिनेमाको सार्वजनिक ट्रेलरले विदेशमा बस्ने सम्पुर्ण नेपालीको उतार चढाव र संघर्ष देखिन्छ । शंकर घिमिरेको निर्देशनमा निर्माण भएको सिनेमामा विपिन कार्की, वर्षा राउत, पुजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ, सुचित्रा उप्रेती, अमेरिकी कलाकारहरु फ्रान्सिस शेरमन, ज्याक बेल लगायतको पनि अभिनय छ ।
वेलडन क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमाकी प्रस्तुतकर्ता ऋचा घिमिरे हुन् । सिनेमाको निर्मातामा अनिल पाण्डे र शिवराज कार्की छन् भने प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माता हुन् । सिनेमामा सुशन प्रजापतिको छायांकन छ । सिनेमामा अभिनेता विपिन कार्कीले बुबा र छोराको गरी दोहोरो भूमिका निवार्ह गरेका छन् ।


प्रतिक्रिया