‘हरिबहादुरको जुत्ता’मा अभिनेत्री प्रियंका कार्की अनुबन्धित

‘हरिबहादुरको जुत्ता’मा अभिनेत्री प्रियंका कार्की अनुबन्धित

द सिनेमा टाइम्स
119
Shares

द सिनेमा टाइम्स, काठमाडौं । दीपेन्द्र के खनालको निर्देशनमा निर्माणको तयारीमा रहेको सिनेमा ‘हरिबहादुरको जुत्ता’मा अभिनेत्री प्रियंका कार्की अनुबन्धित भएकी छन् । यसअघि अभिनेताद्वय हरिवंश आचार्य र प्रकाश सपूतपछि शुक्रबार मुख्य अभिनेत्रीमा स्वस्तिमा खड्का पनि सिनेमाको मुख्य भूमिकामा अनुबन्धित भएकी थिइन् ।

आइतबार निर्देशक खनालले सिनेमामा प्रियंकालाई अनुबन्धित गरेको तस्वीर समाजिक सञ्जाल फेसबुकमा राख्दै टिममा स्वागत गरेका थिए । सिनेमामा उनको सहायक भूमिका रहनेछ । उनको निर्देशक खनालसँग यो चौंथो सहकार्य हो । यसअघि उनीहरुले ‘भिजिलान्ते’, ‘झोले’ र ‘चंगा चेट’मा सहकार्य गरेका थिए ।

सिनेमाको पटकथा तथा संवाद अभिनेता हरिवंश आचार्यले तयार गरेका हुन् । उनले ‘आइडिया’ युनिक रहेकाले सिनेमा राम्रो बन्ने विश्वास व्यक्त गरेका छन् । सिनेमालाई गायक समेत रहेका सरोज ओलीले निर्माण गर्दैछन् । उनले हरिवंश र प्रियंकासँग थुप्रै गीतमा सहकार्य गरिसकेका छन् । माघको दोस्रो सातादेखि काभ्रेमा सिनेमाको छायांकन हुनेछ ।