द सिनेमा टाइम्स, काठमाडौं । गत कार्तिक ९ गतेबाट नेपालमा प्रदर्शनरत सिनेमा ‘सानो संसार’ अब विदेश यात्रामा निस्केको छ । नेपालमा पहिलो पटक असोज ११ गतेबाट प्रदर्शनमा आएको सिनेमा प्राकृतिक विपत्तीका कारण रोकिएको सिनेमा कार्तिक ९ गतेबाट निरन्तर प्रदर्शन भैरहेको छ ।
दशैं र तिहारमा प्रदर्शनमा आएका नेपाली र बलिउड सिनेमाका कारण न्युन शो पाएपनि सानो संसारले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाएको थियो । जसको प्रभाव सिनेमाले पाएका शोमा दर्शकको राम्रो अकुपेन्सी देखाएको थियो ।
दर्शकको उत्कृष्ट प्रतिक्रिया कै कारण सिनेमा विदेशमा माग बढेको निर्माता अर्जुन कुमार र माधव वाग्ले बताउँछन् । सानो संसारको हालसम्म अमेरिका, हंङकङ र जापान राइट्स बिक्रि भएको छ । सिनेमाको निर्माण टिमले अमेरिका राइट्स कसले किनेको नखुलाए पनि हंङकङ राइट्स हंङकङ इन्टीग्रेटेड नेप्लीज सोसाइटी लिमिटेड र जापन राइट्स टोकियो ड्रिम्स इन्टरटेनमेन्टले खरिद गरेको हो । चाँडै यी देशमा सिनेमाको प्रदर्शन सुरु हुने निर्माण टिमले जानकारी दिएको छ ।
सिद्धार्थ पुडासैनीको निर्देशनमा निर्माण भएको सिनेमामा सीतादेवी तिमिल्सेना, राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल, शिशिर सिवाकोटी, सरिता भण्डारी, जीवन गौतम लगायतको अभिनय छ । यी सबै कलाकारको यो डेव्यु सिनेमा समेत हो ।
राजधानी मिडिया एड प्रोडक्सन र प्रिन्सेस मूभिजको व्यानरमा सिनेमा निर्माण भएको छ । अर्जुन कसमार निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता माधव वाग्ले हुन् । सिद्धार्थ पुडार्सनीलाई सिनेमाको कथा लेखनमा सरिष्मा खत्रीले सघाएकी छन् । प्रवीन खड्काको छायांकन र रोमी तन्डुकारको सम्पादन रहेको सिनेमाको डिजिटल पाटर्नर म्युजिक नेपाल र क्रिएटिभ पाटर्नर टुनामुना कन्सेप्ट हो ।


प्रतिक्रिया