द सिनेमा टाइम्स, काठमाडौं । छायांकनको तयारीमा रहेको सिनेमा ‘डोरी’को मुख्य अभिनेत्रीमा अञ्जना बराइली अनुबन्धित भएकी छन् । मङ्सिर दोस्रो साता फ्लोरमा जाने सिनेमामा अञ्जनाले अभिनय गर्ने पक्का भएको निर्देशक अरुण लामाले बताए ।
जी सेवेन प्रोडक्सनको ब्यानरमा निर्माण हुने सिनेमामा यसअघि नै कलाकारहरू प्रवीण खतिवडा, शिशिर बाङ्गदेल, कविता आले, राज पौडेल, विशाल राई, मिलन राई, नूतन र वीरेन्द्र सिंह कुशवाहा लगायतको अभिनय रहने पक्का भएको थियो । अञ्जनासँगै सिनेमामा अभिनेता प्रकाश घिमिरे पनि अनुबन्धित भएका छन् ।
हरर, थ्रिलर, एक्सन र कमेडीको मिश्रणमा निर्माण हुन लागेको सिनेमालाई अरुण लामाले निर्देशन गर्नेछन् । ‘डोरी’को कथा परिवारको आर्थिक बोझ हल्का गर्न जीवनका जोखिमपूर्ण निर्णयहरू लिने एउटा जीवनको गहिरो दुष्चक्रमा फसेको संघर्षशील युवाको वरिपरि घुम्ने निर्देशकले जनाए । उनका अनुसार सिनेमामा हाँसो, त्रास, र असफलतासहितको संघर्षलाई रोचक तरिकामा प्रस्तुत गरिनेछ ।
सिनेमाको लेखन निर्देशक अरुण लामाले नै गरेका छन् भने मनोज पण्डितले ‘स्क्रिप्ट डक्टरिङ’ गरेका छन् । सिनेमाका निर्मातामा मिस्टर एक्स अनि कार्यकारी निर्माता राज थापा हुन् । राजनराज सिवाकोटीको संगीत, सौरभ लामाको छायांकन र राजु तामाङको द्धन्द्व निर्देशन रहेने सिनेमा आगामी वर्ष रिलिज गर्ने लक्ष्य राखिएको छ ।


प्रतिक्रिया