द सिनेमा टाइम्स, काठमाडौं । एक्सन लभस्टोरी सिनेमा ‘सत्या’को ट्रेलर सार्वजनीक भएको छ । मंसिर १४ गते प्रदर्शन हुने सिनेमाको ट्रेलर आइतबार आयोजीत एक कार्यक्रमका बीच सार्वजनीक गरिएको हो ।
मिलन आले मगरको निर्देशनमा निर्माण भएको सिनेमाको साढे दुई मिनेट लामो टे«लरमा एक्सनलाई बिशेष जोड दिइएको पाइन्छ । बिकास थापा मगरको प्रस्तुति रहेको सिनेमामा राज कालाखेती, प्रिया शर्मा, करणसिंह बोहरा, बिकास थापा मगर, वर्षा थिङ, सुमन खत्री, तेजा ऐर, ममता पौडेल लगायतका कलाकारले अभिनय गरेका छन् ।
ट्रेलर रिलिज कार्यक्रममा निर्देशक आलेमगरले ‘सत्या’ केही समयअघि निर्माण गरिएको भएतापनि समयसान्दर्भीक रहेको बताए । प्रस्तुतकर्ता तथा अभिनेता बिकास थापामगरले सिनेमाका हिरोइन तथा केही निर्माता बिदेशमा रहेकाले प्रदर्शनमा अलि ढिला भएको बताउँदै ‘सत्या’ भरपुर मनोरञ्जक बनेको दावी गरेका थिए ।
यही सिनेमाबाट अभिनयमा डेव्यु गरेका राज कालाखेतीले ‘सत्या’बाट आफू निकै आशावादी रहेको बताए । उनले पछिल्लो समय एक्सन सिनेमाप्रति दर्शकको रुचि बढेकाले आफ्नो सिनेमालाई पनि दर्शकले मन पराउने बिश्वास ब्यक्त गरेका थिए ।
धनेश्वर फिल्मस् एण्ड एडभरटाइजिङको ब्यानरमा निर्माण भएको ‘सत्या’को निर्मातामा सुमन खत्री र झुम्कादेवी कालाखेती छन् । बिकास थापा मगरको प्रस्तुति रहेको सिनेमाको स्क्रिप्ट श्रवण सम्राटले लेखेका हुन् । सुमनकुमार तण्डुकारले खिचेको सिनेमाका गीतमा बिकास चौधरीको संगीत, रामजी लामीछाने, सुरेश पाण्डे र सुरेन बसेलको कोरियोग्राफी तथा तारा थापा ‘किम्भे’को सम्पादन छ ।


प्रतिक्रिया