‘सत्यवीर’को मुख्य भूमिकामा अभिनेता प्रकाश शाह अनुबन्धित

‘सत्यवीर’को मुख्य भूमिकामा अभिनेता प्रकाश शाह अनुबन्धित

द सिनेमा टाइम्स
504
Shares

द सिनेमा टाइम्स, काठमाडौं । विराज खड्काको डेव्यु निर्देशनमा निर्माण हुन लागेको सिनेमा ‘सत्यवीर’मा अभिनेता प्रकाश शाह अनुबन्धित भएका छन् । ‘लभ स्टेशन’, ‘साङ्लो’ र पछिल्लो रिलिज सिनेमा ‘रावायण’का प्रमुख खलपात्र शाहलाई सोमबार अनुबन्धित गरेको जानकारी निर्माण टिमले दिएको हो ।

आफ्नो अभिनय रहेका सबै सिनेमामा भिन्नभिन्न अवतारमा देखिएका शाह यो सिनेमाको मुख्य कलाकारमा अनुबन्धित भएको निर्माण कम्पनी गडरेज पिक्चर्स प्रालीले जनाएको छ । सिनेमामा शाहले पोजिटिभ वा नेगेटिभ कुन भूमिका देखिने छन् भन्ने निर्माण टिमले खुलाएको छैन । सार्वजनिक पोस्टरमा शाहलाई एङ्ग्री लूक्समा देख्न सकिन्छ ।

सार्वजनिक पोस्टरामा देखिएका दृश्यले सिनेमाले क्राइम थ्रीलर कथा प्रस्तुत गर्ने संकेत गर्छ । यसअघि अभिनेता प्रदीप चौधरीको लुक्स सार्वजनिक गरेको निर्माण टिमले सिनेमाको पूर्ण कास्टिङ लाइनअप सार्वजनिक गरेको छैन । ‘सत्यवीर’को निर्मातामा आदेश सुब्बा छन् ।

सिनेमा आगामी डिसेम्बरबाट फ्लोरमा जाने छ । यो सिनेमामा ४० प्रतिशत दृश्य भिएफएक्स रहने जानकारी निर्देशक खड्काले दिएका छन् । बाँकी ६० प्रतिशत दृश्य काठमाडौं र चितवनमा गरिनेछ । ‘सत्यवीर’को कथा अभिनेता प्रदीप चौधरीले लेखेका हुन् । साढे २ करोडको लागतमा निर्माण हुने सिनेमामा हिमाल केसीको द्धन्द्व निर्देशन रहनेछ ।