सन्तोष सेनको ड्रिम प्रोजेक्ट ‘बलिदान’को दोस्रो सेड्युलको छायांकन सुरु

सन्तोष सेनको ड्रिम प्रोजेक्ट ‘बलिदान’को दोस्रो सेड्युलको छायांकन सुरु

द सिनेमा टाइम्स
1.6k
Shares

द सिनेमा टाइम्स, काठमाडौं । निर्माता सन्तोष सेनको निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘बलिदान’को दोस्रो सेड्युलको छायांकन आज पूर्वी नेपालको मोरङ्गबाट सुरु गरिएको छ ।

दशैं, तिहार र छठको ब्रेक पश्चात दोस्रो चरणको छायांकन  छायांकन मोरङको रङ्गेलीबाट  सुरु गरिएको निर्देशक तथा निर्माता सेनले बताए । यही सेड्युलमा सिनेमाको सम्पुर्ण छायांकन प्याकअप गरिने निर्देशक सेन बताउँछन् ।

नेपाली र भारतीय प्राविधिक टिमले आजबाट सिनेमाको धमाधम छायांकन गरिने जानकारी निर्माण टिमले दिएको छ । सिनेमाका लागि एक्सन दृश्यहरू दक्षिण भारतीय सिनेमाका चर्चित द्धन्द्व निर्देशक स्टनर सामको नेतृत्वमा ३० जनाको टिमले दशैं अगाडी इटहरीमा करिब २० दिनसम्म खिचिएको थियो । अत्याधुनिक प्रविधिको प्रयोगसहित खिचिएका एक्सन दृश्यमा डेढ करोड बढि खर्च भएको निर्देशक सेनले बताएका छन् ।

सिनेमाले नेपालको सार्वभौम भूमिमा भइरहेका शोषण, अन्याय र समाजका तथाकथित नाइकेहरुविरुद्ध बलिदान दिनुपर्ने कथा उठाएको छ । सिनेमामा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, दिव्य देव, ऋचा शर्मा लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । अन्य केही कलाकारहरु पनि सिनेमामा प्रवेश भएपनि त्यसको जानकारी निर्माण टिमले दिएको छैन् । ती कलाकारहरु को-को हुन् भन्ने जानकारी बिस्तारै सार्वजनिक गर्दै जाने तयारी निर्माता तथा निर्देशक सेनको छ ।

आसुसेन फिल्मस् र सन्तोष सनेको प्रस्तुतिमा निर्माण भैरहेको सिनेमाका लागि प्राविधिक सामग्रीहरू समेत भारतबाट ल्याइएको छ । यो सिनेमालाई निर्माता तथा निर्देशक सेनले आफ्नो ड्रिम प्रोजेक्टको रुपमा चिनाउँदै आएका छन् । सिनेमामा पवन ब्राडफोर्ड बिस्ट निर्माता र प्रेम पुरी सह-निर्माताको रुपमा रहेका छन् ।

बलिदान’को अन्तिम छायाङ्कन तालिकामा छायाकार महेश पौडेलले जिम्मेवारी सम्हाल्ने भएका छन् । यसअघि सञ्जय लामाले छायाङ्कन गरेका थिए, तर उनी अर्को सिनेमाघरों छायाङ्कनमा व्यस्त हुने भएपछि पौडेलले यो जिम्मेवारी लिएका हुन् । पौडेलले यसअघि ‘१२ गाउँ’  छायाङ्कन गरेका थिए ।

काठमाडौं उपत्यकामा गोविन्द शाहीको काफिया फिल्मस् र मोफसलमा कुबेर सिने डिष्ट्रीव्युसनले सिनेमाको वितरण गर्नेछ ।