द सिनेमा टाइम्स, काठमाडौं । गत शुक्रबा्बाट प्रदर्शनमा आएको सिनेमा ‘तेल भिसा’ले बक्सअफिसमा राम्रो व्यापार गरिरहेको छ । शुक्रबार र शनिबार दर्शकको उत्साहजनक प्रतिक्रिया सहित राम्रो व्यापार गरेको वितरक करण श्रेष्ठले बताए । यो सिनेमा सिनेमाको पहिलो दिन डेढ सय हाराहारी शोसहित प्रदर्शनमा आएको थियो ।
पहिलो दिन प्राप्त शोमा सिनेमाको दर्शक अकुपेन्सी राम्रो देखिएको थियो । प्रायः शोमा ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म अकुपेन्सी रहेको वितरक श्रेष्ठको दाबी छ । शनिबारको व्यापारमा अझै सुधार हुँदै बिहानी शोमा ५० देखि साँझसम्मका शोमा शतप्रति अकुपेन्सी देखिएको थियो ।
विशेषगरी शनिबार दिउँसोबाट काठमाडौं उपत्यका, बुटवल, इटहरी, पोखरा, नारायणगढ र बिर्तामोडमा सिनेमालाई दर्शकको राम्रो साथ मिलेका वितरक श्रेष्ठ बताउँछन् । सिनेमाले वर्डअफ माउथ भने उत्कृष्ट पाएको छ ।
युवापुस्तादेखि वृद्धवृद्धासम्मले कथावस्तु रुचाएका छन् । कतिपय हलबाट निस्किँदा भावुक देखिएका थिए । वृद्धवृद्धालाई सिनेमाको कथाले छोएको छ । शुक्रबार र शनिबार हलमा दर्शक अकुपेन्सी राम्रो देखिएपछि सिनेमाका मुख्य अभिनेता विपिन कार्की र अभिनेत्री ऋचा घिमिरेले काठमाडौं उपत्सकाका विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार पनि गरेका थिए ।
दर्शकसँग साक्षात्कार पश्चात मिडियासँग कुरा गर्दै अभिनेता कार्कीले आफ्नो दोहोरो भूमिकालाई दर्शकले निकै रुचाएकोमा सिनेमा हेरर साथ दिने सम्पुर्णलाई धन्यवाद दिँदै खुशी व्यक्त गरे । यता अभिनेत्री तथा निर्मात्री ऋचा घिमिरेले ‘तेल भिसा’ सामाजिक कथामा निर्माण भएकाले इनिसियल रुपमा नभई दर्शक प्रतिक्रियाका आधारमा लामो समयसम्म चल्ने सिनेमा रहेको बताइन् । शुक्रबार र शनिबार सिनेमा हेरेका दर्शकको प्रतिक्रियाका आधारमा आइतबारबाट आफ्नो सिनेमाले पिकअप लिने विश्वा उनको छ ।
आइतबारबाट सिनेमाका लागि वीक डेका रुपमा हेरिने हुँदा ‘तेल भिसा’को व्यापार वर्ड अफ माउथमा निर्भर छ । शुक्रबार र शनिबारका दर्शकले दिने प्रतिक्रियामा सिनेमाको व्यावसायिक भविष्य निर्धारण हुन्छ । यी दुई दिनमा दर्शकबाट पाएको सकारात्क प्रतिक्रियाले सिनेमाले विस्तारै गति समात्नेमा निर्माण टिम विश्वस्त देखिन्छ ।
आइतबारको व्यापारमा दर्शक प्रतिक्रियाको असर देखिरहेको निर्देशक शंकर घिमिरे बताउँछन् । सिनेमाले छोराको सन्तान स्याहार्न अमेरिका गएकी आमाले बेहोर्नुपरेको कानुनी झमेलाको कथा मर्मस्पर्शी ढंगले उठान गरेको छ ।
शंकर घिमिरे निर्देशित सिनेमामा अभिनेता विपिन कार्की बाबु र छोराको गरी दोहोरो भूमिकामा छन् । दर्शकलाई सिनेमाप्रति आकर्षित गर्ने यो महत्त्वपूर्ण आधार मानिएको छ । निर्देशक घिमिरेको नै लेखन रहेको सिनेमामा विपिनसँगै वर्षा राउत, पुजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ, सुचित्रा उप्रेती र विदेशी कलाकारहरुको अभिनय रहेको छ ।
वेलडन क्रियसनको व्यानरमा ऋचा घिमिरेको प्रस्तुती रहेको सिनेमामा अनिल पाण्डे र शिवराज कार्कीको लगानी छ । प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माता रहेको सिनेमामा सुशन प्रजापतिको छायांकन, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी, आशिष अविरल, कल्याण सिंह र कृष्ण भारद्धाजको संगीत र अजय खड्काको सम्पादन छ ।


प्रतिक्रिया