‘कार्साङ’ दयाहाङ कि जितु ?

‘कार्साङ’ दयाहाङ कि जितु ?

द सिनेमा टाइम्स
588
Shares

द सिनेमा टाइम्स, काठमाडौं । आगामी पौष २६ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘कार्साङ’ले छायांकन सकिएसँगै पोस्टर सार्वजनिक गर्दै प्रचार सुरु गरेको थियो । केही दिनमा टिजर सार्वजनिक गर्ने तयारीमा रहेको निर्माण टिम यतिवेला सिनेमाका मुख्य कलाकारहरुको क्यारेक्टर लुक्स मार्फत् दर्शकमाझ उत्साह पैदा गरिरहेको छ ।

सुरुमा दयाहाङ राई फिचर्ड पोस्टर आउट गरेको निर्माणपक्षले त्यसपछि जितुको पोस्टर सार्वजनिक गरेको थियो । केही दिन अगाडि मात्रै निर्माणपक्षले जितु र दीया मास्के फिचर्ड पोस्टर सार्वजनिक गरेको छ । लगातार जितु फिचर्ड पोस्टर निर्माणपक्षले किन सार्वजनिक गर्यो भन्ने प्रश्न उठिरहेको छ । मुख्य कलाकार दयाहाङ हुन् भने किन लगातार जितुको पोस्टर सार्वजनिक गरिरहेको हो ।

निर्माणपक्षले लगातार जितु फिचर्ड पोस्टर सार्वजनिक गर्नुले कतै ‘कार्साङ’मा दयाहाङ राई मुख्य भूमिकामा नभएर जितु नेपाल त छैनन् भन्ने शंका उब्जाएको छ । जितु पनि लगातार मुख्य भूमिकामा देखिन थालेकाले यो शंका गर्ने ठाउँ दिएको हो । दशैंमा जितु मुख्य भूमिकामा रहेको सिनेमा ‘ज्वाइँ साब’ रिलिज भएको थियो । यो सिनेमाले राम्रो व्यापार समेत गरेको थियो ।

यम शेर्पाको डेव्यु लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमा शेर्पा समुदायको संस्कृतिमा आधारित छ । सिनेमामा अभिनेता दयाहाङ र जितुसँगै डेब्यु अभिनेत्री सिर्जना निङलेखु, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डित लगायतका कलाकारको अभिनय छ ।

यार्सा फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्को प्रस्तुतिमा निर्माण भएको सिनेमाका पुरुषोत्तम प्रधान छायांकार र निर्माता हुन् । सिनेमाको सह-निर्मातामा गोविन्द बोहरा, कार्यकारी निर्माता आङछिरिङ शेर्पा तथा लाइन प्रोड्युसर वीरेन्द्र शाही छन् ।

यो सिनेमाको अन्तर्राष्ट्रिय वितरक अधिकार हुल्या इभेन्टस सुमन पराजुली र सोमलाल थोकर लिएको छन् भने नेपाल वितरणको जिम्मेवारी आरआर फिल्मसले लिएको छ ।