द सिनेमा टाइम्स, काठमाडौं । चलचित्र विकास बोर्डले बुधबार शितल निवासमा आयोजित एक कार्यक्रमको आयोजना गर्दै ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह २०८१’को आयोजना गरेको छ । उक्त कार्यक्रममा सिनेमा क्षेत्रमा कार्यरत विभिन्न सिनेमाकर्मी र वर्ष २०८० मा प्रदर्शनमा आएका सिनेमालाई नगदसहित अवार्ड समेत प्रदान गरियो ।
नेपालका सम्माननिय राष्ट्रपति रामचन्द्र पौडेलले अवार्ड विजेता सिनेमा र लामो समयदेखि नेपाली सिनेमामा काम गरिरहेका सिनेमाकर्मीलाई पुरस्कार तथा सम्मान प्रदान गरेका हुन् । लक्ष्मण सुनार निर्देशित ‘बुलाकी’लाई सर्वश्रेष्ठ सिनेमाको पुरस्कार प्रदान गरिएको छ । सर्वोत्कष्ट निर्देशकको अवार्ड निश्चल बस्नेतलाई ‘दिमाग खराब’का लागि प्रदान गरियो । यता ‘प्रसाद २’ बाट विपिन कार्कीले सर्वोत्कष्ट अभिनेता र ‘दिमाग खराब’बाट स्वस्तिमा खड्काले सर्वोत्कष्ट अभिनेत्रीको अवार्ड प्राप्त गरेकी छन् ।
राष्ट्रिय चलचित्र अवार्ड २०८० विजेताहरु:
उत्कृष्ट सिनेमा : बुलाकी
उत्कृष्ट अभिनेता: बिपिन कार्की (प्रसाद २)
उत्कृष्ट अभिनेत्री: स्वस्तिमा खड्का (दिमाग खराब)
उत्कृष्ट निर्देशक: निश्चल बस्नेत (दिमाग खराब)
उत्कृष्ट सम्पादक: मित्र डी गुरुङ (महाजात्रा)
उत्कृष्ट छायाकार: शिव ढकाल (बुलाकी)
उत्कृष्ट लेखन: राजबहादुर साने (बुलाकी)
उत्कृष्ट आदिवासी मातृभाषी सिनेमा : लोजिमा (लिम्बु भाषा)
निर्णायक समिति प्रोत्साहन पुरस्कार:
अभिनेत्री – स्वस्तिमा कार्की (टुल्की)
व्यावसायिक सिनेमा – जारी (वि.सं. २०८०)
विशेष योगदान सम्म्मान:
त्यैयव शाह – कलाकार
कृष्ण प्रसाद रायमाझी – प्रदर्शक
नारायण प्रधान – द्वन्द्व निर्देशक
विद्या कार्की – कलाकार
नरेन्द्र महर्जन – प्रदर्शक
नन्द किशोर प्रसाद श्रीवास्तव – कलाकार/निर्माता
भोज बहादुर गुरुङ – निर्देशक /निर्माता
अमुल कार्की ढली – संगीत संयोजक
ध्रुब कुमार श्रेष्ठ – प्रदर्शक
बुद्धि तामांग – कलाकार
सबिता गुरुङ – कलाकार
विशेष सिनेमा पुरस्कार:
सतीदेवी, सुगुप (लिम्बु भाषा), मार्कली (गुरुङ भाषा)
सिनेमा दीर्घ साधना सम्मान:
चैत्यदेवी सिंह (नेपालको पहिलो सिनेमा ‘आमा’की अभिनेत्री)


प्रतिक्रिया