प्रवीण र अञ्जनाको ‘डोरी’को शुभमुहूर्त, आइतबारदेखि छायांकन

प्रवीण र अञ्जनाको ‘डोरी’को शुभमुहूर्त, आइतबारदेखि छायांकन

द सिनेमा टाइम्स
210
Shares

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता प्रवीण खतिवडा र अभिनेत्री अञ्जना बराइलीको मुख्य भूमिका रहने सिनेमा ‘डोरी’को शुभमुहूर्त गरिएको छ । बिहीबार ललितपुरको झम्सिखेलस्थित युला सरस्वती मन्दिरमा क्यामेरा तथा स्क्रिप्ट पूजा गर्दै शुभ मुहूर्त गरिएको हो । आइतबारदेखि छायांकन सुरु हुने सिनेमाले नयाँ कथा र शैली पस्कने तयारी गरेको छ ।

सिनेमाको मुहूर्त कार्यक्रममा सिनेमाका मुख्ख कलाकार र टिमका सदस्यहरूको उपस्थित थिए । सिनेमामा प्रवीण र अञ्जनासँगै शिशिर वाङ्गदेल, राज पौडेल, कविता आले, सजन श्रेष्ठ, वीरेन्द्र सिंह कुशवाहा, विशाल राई, मिलन राई, र नूतन लगायतका कलाकारको अभिनय रहनेछ ।

सिनेमाका निर्देशक अरुण लामाले ‘डोरी’ नामको गहिराइ र अर्थबारे प्रकाश पारेका थिए । ‘डोरी नामले बाँधिएको सम्बन्ध र जिम्मेवारीलाई प्रस्तुत गर्छ । सिनेमाका पात्रहरू आ–आफ्नो तरिकाले बाँधिएका छन् । कोही जिम्मेवारीको डोरीले, कोही समस्याको डोरीले र कोही मायाको डोरीले,’ उनले भने ।

सिनेमाकी प्रमुख अभिनेत्री अञ्जना बराइलीले नयाँ टिमसँगको सहकार्यलाई विशेष अनुभवका रूपमा लिएकी छिन् । ‘नयाँ प्रोजेक्टमा काम गर्न पाउँदा सधैं रमाइलो लाग्छ । यो सिनेमामा नयाँ आइडिया छ र यसले दर्शकलाई नयाँ अनुभूति दिनेछ । मुहूर्तपछि ऊर्जा र उत्साहले भरिएकी छु,’ उनले भनिन् ।

अभिनेता प्रवीण खतिवडाले ‘डोरी’लाई विभिन्न जनराको मिश्रण रहेको सिनेमाका रूपमा परिभाषित गरेका थिए । ‘यो सिनेमामा रहस्यमय कथा, सामाजिक यथार्थवाद र सस्पेन्स क्राइमको संयोजन गरिएको छ । यी तीन वटाको रोचक मिश्रणले दर्शकलाई मनोरञ्जन दिनेछ,’ उनले भने ।

सिनेमाको लेखन निर्देशन अरुण लामाले नै गर्नेछन् । मनोज पण्डितले स्क्रिप्ट डक्टरिङ गरेको सिनेमाका निर्माता दिनेश भट्टराई हुन् । राज थापा कार्यकारी निर्माता रहेको सिनेमामा राजनराज सिवाकोटीको संगीत, सौरभ लामाको छायांकन र राजु तामाङको द्धन्द्व निर्देशन रहनेछ ।