राष्ट्रिय चलचित्र पुरस्कारमा चैतीदेवीलाई दीर्घ साधना सम्मान, सर्वोत्कृष्ट व्यवसायिक सिनेमा ‘जारी’

राष्ट्रिय चलचित्र पुरस्कारमा चैतीदेवीलाई दीर्घ साधना सम्मान, सर्वोत्कृष्ट व्यवसायिक सिनेमा ‘जारी’

द सिनेमा टाइम्स
63
Shares

द सिनेमा टाइम्स, काठमाडौं । चलचित्र विकास बोर्डले बुधबारबार राष्ट्रपति भवन शितल निवासमा आयोजिक एक भव्य समारोहका बीच पुरस्कार तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले वितरण गरेको ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह २०८१’ मा गतवर्षको सर्वाधिक कमाई गर्ने सिनेमाको रुपमा ‘जारी’ पुरस्कृत भएको छ । निर्माण कम्पनि बाँसुरी फिल्मस्का तर्फबाट निर्माण रामबाबु गुरुङले अवार्ड ग्रहण गरेका थिए । उपेन्द्र सुब्बाले निर्देशन गरेको सिनेमामा दयाहाङ राई, मिरुना मगर, विजय बराल लगायतका कलाकारको अभिनय रहेको छ ।

यस्तै, सोही समारोहमा अभिनेत्री चैतीदेवी सिंहलाई दीर्घ साधना सम्मान प्रदान गरिएको थियो । नेपालमा निर्माण भएको पहिलो सिनेमा ‘आमा’बाट नेपाली रजतपटमा डव्यु गरेकी अभिनेत्री सिंहलाई राष्ट्रपति पौडेलले दीर्घ साधना सम्मानबाट नगद ३ लाख ७५ हजारसहित प्रमाणपत्र प्रदान गरेका थिए । लामो समयपछि नै सही चलचित्र विकास बोर्डले दीर्घ साधना सम्मानका लागि सम्झेकोमा खुशी लागेको भन्दै आयोजक तथा जुरी टिमलाई धन्यवाद ज्ञापन गरिन् ।