राष्ट्रिय चलचित्र पुरस्कारमा सर्वोत्कृष्ट सिनेमा ‘बुलाकी’, विशेष सिनेमा बन्यो ‘सतीदेवी’

राष्ट्रिय चलचित्र पुरस्कारमा सर्वोत्कृष्ट सिनेमा ‘बुलाकी’, विशेष सिनेमा बन्यो ‘सतीदेवी’

द सिनेमा टाइम्स
98
Shares

द सिनेमा टाइम्स, काठमाडौं । लक्षण सुनार निर्देशित सिनेमा ‘बुलाकी’ले ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोह २०८१’मा सर्वोत्कृष्ट सिनेमाको अवार्ड जितेको छ । यो सिनेमाले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले वितरण गरेको अवार्ड समारोहमा सर्वाधिक तीन अवार्ड जितेको थियो ।

अभिनेता समेत रहेका बिराज बिष्टले निर्माण गरेको सिनेमाले सर्वोत्कृष्ट सिनेमासहित सर्वोत्कृष्ट छायांकार र सर्वोत्कृष्ट कथा लेखनको अवार्ड उचालेको थियो । चलचित्र विकास बोर्डले आयो जना गरेको अवार्ड समारोहमा शिवराम ढकालले छायांकार र राज बहादुर सानेले लेखको अवार्ड उचालेका हुन् । यो सिनेमा वर्ष २०८० को बैशाख १ गतेबाट प्रदर्शनमा आएको थियो ।

यता रंग पत्रकार समेत रहेका लक्ष्मण सुवेदी निर्देशित तथा निर्मित सिनेमा सतीदेवीले नगद २ लाख राशीको विशेष सिनेमा पुरस्कार पाएको थियो । समाजमा छोरीको महत्वको सन्देश दिने सिनेमा ‘सतीदेवी’ नेपाली भाषातर्फ अनि लिम्बु भाषाको ‘सुगुप’ र गुरुङ भाषाको ‘मार्तली’ पनि विशेष सिनेमा विधा तर्फ पुरस्कार पाएका थिए ।