नेपाल मानव-अधिकार अन्तर्राष्ट्रिय सिनेमा महोत्सवको ‘लाइनअप’ सार्वजनिक

नेपाल मानव-अधिकार अन्तर्राष्ट्रिय सिनेमा महोत्सवको ‘लाइनअप’ सार्वजनिक

द सिनेमा टाइम्स
28
Shares

द सिनेमा टाइम्स, काठमाडौं । नेपाल मानव-अधिकार अन्तर्राष्ट्रिय सिनेमा महोत्सवको ‘लाइनअप’ सार्वजनिक भएको छ । बुधबार महोत्सवले डकुमेन्ट्री, शर्ट, एनिमेशन, फिक्सन सब विधाको चलचित्रको सूची सार्वजनिक गरेको हो । नेपालसहित २३ देशका ४७ चलचित्र छनोटमा भएको आयोजकले जनाएको छ ।

महोत्सवमा विश्वप्रतिष्ठित कान्स सिनेमा महोत्सवमा ग्राण्ड जुरी पिक्सन विजेता पायल कपडियाको ‘अल वी इमाजिन एज लाईट’, सर्ट सेक्सनमा अर्वाड प्राप्त ‘द म्यान हु कुडनट रिमेन्न साईलेन्स’, ७४ औं बर्लिन अन्तर्राष्ट्रिय सिनेमा महोत्सवमा सर्ट सेक्सनमा अवार्ड प्राप्त ‘एन आउटरन’, ७४ औं बर्लिन अन्तर्राष्ट्रिय सिनेमा महोत्सवमा जेनेरेशन के प्लसमा अवार्ड प्राप्त ‘अनार दाना’, बर्लिनमै छनोट भएको ‘ओटिट’ लगायत सिनेमाहरु यस क्याटागोरीमा प्रतिस्पर्धाका लागि छनोट भएका छन् ।

त्यस्तै अन्तर्राष्ट्रिय सर्ट वृत्तचित्र प्रतिस्पर्धामा ‘हाऊ टु प्लिज’सहित ९ वटा वृत्तचित्र छनोट भएको महोत्सव आयोजकले बताएको छ । सन् २००९ मा स्थापना भएको मानव अधिकार सिनेमा केन्द्रले मानव अधिकारसँग सम्बन्धित सिनेमाहरुको प्रवर्धन र प्रदर्शनका लागि नियमित रुपमा महोत्सव गर्दै आएको छ ।

मानवअधिकारको पैरवीका लागि केन्द्रले विभिन्न अन्तक्रिया तथा गोष्ठीहरु पनि आयोजना गरिरहेको छ ।