द सिनेमा टाइम्स, काठमाडौं । अभिनेत्री जाहन्वी बस्नेतको मुख्य भूमिका रहने सिनेमा ‘प्रेम गीता’को छायांकन सुरु भएको छ । राजेन्द्र बस्नेतको डेब्यू निर्देशन रहने सिनेमाको काभ्रेको पाँचखालबाट सोमबारदेखि छायांकन सुरु भएको हो । निर्देशक बस्नेतले यसअघि सिनेमा ‘कम्पन’ र ‘काउसो’ निर्माण गरेका थिए ।
ग्रीन प्यारोटस् फिल्म प्रोडक्सनको व्यानरमा निर्माण हुने सिनेमामा सुशील पोखरेल, जाहन्वी बस्नेत, साजिद खान, आशा पौडेल, अर्जुन गुरुङ (भँगेरी डन), दीपक केसी, खुश्बु पाण्डे, माधव केसी, मानसी शर्मा, दीपशन लिम्बु, मौसम खड्का र ममता माझीको अभिनय रहनेछ ।
साजिद खान प्रस्तुतकर्ता रहेको सिनेमामा अयाज अलि खान निर्माताको रुपमा छन् । निर्देशक बस्नेतका अनुसार काठमाडौं र काभ्रे आसपासमा रहेर २५ दिनको समय तालिकामा सिनेमा छायांकन हुनेछ ।
विनयराज पौडेल मुख्य सहायक निर्देशक रहेको सिनेमामा मौनता श्रेष्ठको लेखन, रामेश्वर हुँमागाईको छायांकन, भरत बस्नेतको संगीत, राजु किराँतको द्वन्द्व, रामजी लामिछानेको कोरियोग्राफी र रवी केसीको श्रृंगार रहनेछ ।


प्रतिक्रिया