‘फेरी रेशम फिलिली’ ३५ दिनमा प्याकअप

‘फेरी रेशम फिलिली’ ३५ दिनमा प्याकअप

काठमाडौं, पाँचखाल, बारा र चितवनमा खिचिएको सिनेमाको सम्पुर्ण छायांकन ३५ दिनमा प्याकअप गरिएको निर्माता रौनक विक्रम कडेलले बताए ।

द सिनेमा टाइम्स
518
Shares

द सिनेमा टाइम्स, काठमाडौं । निरोज महर्जनको निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘फेरी रेशम फिलिली’को छायांकन सकिएको छ । काठमाडौं, पाँचखाल, बारा र चितवनमा खिचिएको सिनेमाको सम्पुर्ण छायांकन ३५ दिनमा प्याकअप गरिएको निर्माता रौनक विक्रम कडेलले बताए ।

यो सिनेमा २०७२ सालमा रिलिज भएको सिनेमा ‘रेशम फिलिली’को सिक्वेल हो । पहिलो शृंखलाका निर्देशक प्रनव जोशी र अभिनेत्री मेनुका प्रधान बाहेक विनय श्रेष्ठ र कामेश्वर चौरासिया ‘फेरी रेशम फिलिली’को मुख्य भूमिकामा दोहोरिएका छन् । अभिनेत्रीमा यसपटक सुपुष्पा भट्टले मुख्य भूमिका निवार्ह गरेकी छन् ।

सिनेमामा विनय, कामेश्वर र सुपुष्पासँगै नीर शाह, लक्ष्मी गिरी, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, महेश त्रिपाठी, काजल कर्ण, एवनराज उप्रेती, मेक्सम गौडेल लगायतको अभिनय रहने छ । ‘दिमाग खराब’का निर्माता रौनक विक्रम कडेलको लगानी रहने सिनेमाको कार्यकारी निर्मातामा सुरज बम ठकुरी र सह-निर्मातामा एनी थापा छन् ।

सिनेमा आर्ट्सको प्रस्तुति र वि मोशन पिक्चर्सको सहकार्यमा निर्माण भएको सिनेमामा सुसन प्रजापतीको छायांकन, निरोज महर्जन र आकाश बरालको पटकथा तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत रहेको छ । सिनेमालाई काठमाडौं उपत्यकामा काफिया फिल्मस् र मोफसलमा कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दैछन् ।