सौगात मल्लको ‘बम बहादुर’ ट्रेलर रिलिज

सौगात मल्लको ‘बम बहादुर’ ट्रेलर रिलिज

द सिनेमा टाइम्स
154
Shares

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता सौगात मल्लको मुख्य भूमिका रहेको सिनेमा ‘बम बहादुर’को ट्रेलर रिलिज भएको छ । सिनेमाको सस्पेन्स, थ्रिल, र सोसल ड्रामाको अनुभव गराउने ट्रेलरमा सौगात विद्रोहीको भूमिकामा देखिएका छन् ।

सिनेमाको ट्रेलरमा ‘साहस र संघर्षको नभनिएको कथा’को रूपमा भारतको दार्जिलिङ क्षेत्रको कथा उठान गरिएको छ । यसअघि टिजरमा ‘अब खुकुरी र बन्दुकले होइन, दिमागले लडौं । शिक्षित समाजलाई कसैले पनि दबाउन सक्दैन । शिक्षित समाज आफैंमा स्वर बनेर आफ्नो भविष्यका लागि उभिन सक्छ’ भन्ने भाष्य स्थापित गर्न खोजिएको थियो भने ट्रेलरमा एक युवाको मुक्ति संघर्षलाई प्राथमिकतामा राखिएको छ ।

‘बम बहादुर’ले भारतका नेपाली, विशेष गरी दार्जिलिङ पहाड र छिमेकी क्षेत्र डुअर्समा बसोबास गर्ने नेपाली समुदायमा आधारित सन्देशमूलक र ऐतिहासिक संघर्षलाई चित्रण गर्ने नेपाली सिनेमा रहेको निर्देशक जोन राईले बताए । नेपाल र भारतमा एकै दिन रिलिज हुने सिनेमा १९८० को दशकमा घटेका घटनाहरूमाथि आधारित छ ।

बिस्ट ब्रदर्स फिल्मस्को ब्यानरमा निर्माणमा भएको सिनेमामा सौगातसँगै प्रशान्त राई, अनिशा रसाइली, भास्कर प्रधान, महेन्द्र बग्दास, मदन भुजेल, भरत वशिष्ठ, अजय प्रधान, शान्तिला तामाङ, रिया भुजेल, बाल कलाकार वशिस्ट कार्की, सुरेश पन्चकोटी, प्रभात पाख्रिन, बादल क्षेत्री, धीरज चाम्लिङ लगायतको अभिनय रहेको छ ।

आगामी पुष ५ गते अर्थात् डिसेम्बर २० तारिखबाट प्रदर्शनमा आउने सिनेमा ‘बम बहादुर’का निर्माता सञ्जीव सार्की हुन् । जोन राई र रुपेश तामाङको कथा र पटकथा रहेको सिनेमाको छायांकन सुजोय कुमार घोष ‘मुन्ना’ र सम्पादन ज्ञान गुरुङले गरेका छन् ।