माघ ११ मा नाजिर र सृष्टिको ‘मिसिङः केटी हराएको सूचना’

माघ ११ मा नाजिर र सृष्टिको ‘मिसिङः केटी हराएको सूचना’

द सिनेमा टाइम्स
168
Shares

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता नाजिर हुसेन र अभिनेत्री सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको सिनेमा ‘मिसिङः केटी हराएको सूचना’को नयाँ प्रदर्शन मिती घोषणा गरिएको छ । यो सिनेमा आगामी माघ ११ गतेबाट प्रदर्शनमा आउने छ । यसअघि यो सिनेमा गत कार्तिक ३० गते प्रदर्शनमा आउने तयारीमा थियो ।

ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको सिनेमालाई ३२ वर्षअघिको डकु-ड्रामा ‘उजेली’का निर्देशक दीपेन्द्र गौचनको निर्देशन गरेका छन् । निर्देशक गौचन नै निर्माता रहेको सिनेमाको स्क्रिप्ट पनि उनी स्वयंमले लेखेका हुन् । सिनेमामा नाजिर, सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ ।

नकिम उद्दिन कार्यकारी निर्माता रहेको सिनेमामा मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन सह–कार्यकारी निर्माता, अमितेष शाह सहायक निर्माता, अमित पोखरेल र अमितेष शाहको सहायक लेखन, अमित पोखरेलको स्क्रिप्ट सुपरभिजन छ ।

सिनेमामा अमर महर्जनको डीओपी, निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको द्वन्द्व, दीपेन्द्र गौचन, प्रवेश मल्लिक र करुण थापाको संगीत, दीपेन्द्र गौचन, अमितेष शाह, करुण थापाको शब्द रचना, सितुसित बस्नेत, रोहित जोन क्षेत्री, प्रवेश मल्लिक, नेहा प्रियदर्शनी, करण परियार र इन्दिरा जोशीको स्वर, राजीव कर्णको कोरियोग्राफी, काजोल कर्णको सहायक कोरियोग्राफी, अकी थेक्पाको आर्ट निर्देशन, राहुल जैरुको सहायक आर्ट निर्देशन र अरुण रेग्मीको प्रोडक्सन छ ।