नेपाली वेब सिरिज ‘घर बट इन अमेरिका’को गीत सार्वजनिक

नेपाली वेब सिरिज ‘घर बट इन अमेरिका’को गीत सार्वजनिक

द सिनेमा टाइम्स
63
Shares

द सिनेमा टाइम्स, काठमाडौं । अमेरिकामा बनेको नेपाली वेब सिरिज ‘घर बट इन अमेरिका‘को गीत सार्वजनिक गरिएको छ । यो सिरिजको पहिलो सिजनको लागि तयार पारिएको गीत ‘अमेरिकामा घर छ’ सार्वजनिक भएको हो । यो गीतले अमेरिकामा बसोबास गर्ने नेपाली समुदायको जीवनशैली र आपसी सम्बन्धलाई चित्रण गर्दछ ।

निशान भट्टराईको स्वर अनि अर्जुन कटुवालको संगीत र डिपी खनालको शब्द रचना रहेको गीतमा प्रज्ज्वल खनालले पनि शब्द रचनामा सहयोग गरेका छन् । गीतको भिडियोमा सिरिजका मुख्ख कलाकारहरूलाई देख्न सकिन्छ ।

यो सिरिजमा नेपालबाट छोरी भेट्न अमेरिका पुगेका अभिभावक र लिभइन रिलेशनसिपमा रहेकी छोरीको कथा समेटिएको छ । सिचुएशनल कमेडी-ड्रामा विधामा निर्माण भएको यो सिरिजबँट अभिनेत्री अरुणिमा लम्सालले १० वर्षपछि अभिनयमा पुनरागमन गर्दैछिन् । यो सिरिजमा अरुणिमा लम्साल र बिमलेश अधिकारीसँगै राधाबाबु लम्साल, खेम शर्मा, आशिष दाहाल र रोजिना थापा जस्ता कलाकारले अभिनय गरेका छन् ।

निर्देशक अधिकारीकै अवधारणामा बनेको सिरिजको पटकथा तथा संवाद विवेक चम्लागाईले लेखेका हुन् । सिरिजको सम्पूर्ण छायांकन अमेरिकामा गरिएको हो । सेभेन कलर्स डिजिटलले निर्माण गरेको सिरिज ओटीटी प्लेटफर्ममा सार्वजनिक हुने तयारीमा रहेको छ । यो सिरिजले नेपाली दर्शकहरूलाई गजबको मनोरञ्जन प्रदान गर्ने अपेक्षा निर्माण टिमको छ ।