द सिनेमा टाइम्स, काठमाडौं । ऋषिराज आचार्य निर्देशित सिनेमा ‘द्रौपदी’को प्रदर्शन मिति घोषणा भएको छ । निर्माता समेत रहेका आचार्यले सामाजिक कथावस्तुको यो सिनेमा आगामी ८ चैतमा प्रदर्शनमा आउने जानकारी दिएका हुन् ।
वितरकसँग सहमतिपछि प्रदर्शन मिति टुंगो लागेको जानकारी आचार्यले दिएका छन् । अन्तर्राष्ट्रिय बजारलाई लक्षित गरि निर्माण गरिएको सिनेमामा आश्विनी शाही, रवि ओड, कविराज भाम, जेएलसन अधिकारी, सुजाता तिमल्सिना, विष्णु ठडराई, प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारी र निर्देशक आचार्यको अभिनय छ ।
आरबी मूभिजको ब्यानरमा निर्माण भएको सिनेमामा रवि ओडको संगीत, मोहनकुमार झिल्लुको छायांकन छ । निर्देशक आचार्य र प्रकाश ज्ञवाली निर्माता रहेको सिनेमामा विष्णु ठडराई र ऋतु आचार्य सह–निर्माता छन् । सिनेमामा पटकथा, संवाद र गीत लेखन तथा निर्देशन ऋषि आचार्यकै रहेको छ ।
कर्णाली प्रदेशको हिमाली क्षेत्रमा छायांकन गरिएको सिनेमाको शीर्षक ‘महाभारत’को पात्र द्रौपदीसँग मिले पनि कथावस्तुबारेमा केही खुलाइएको छैन । निर्देशक आचार्यले यसअघि ‘मिस्टेक’, ‘सपना तिम्रो मेरो’, ‘सुन्तलीलाई भगाइ लग्यो झिल्केले’, ‘ड्रीम गर्ल’ र ‘चुरीफुरी’को निर्देशन गरिसकेका छन् । यो सिनेमालाई निर्देशक आचार्य आफ्नो ड्रिम प्रोजेक्ट रहेको बताउँछन् ।


प्रतिक्रिया