द सिनेमा टाइम्स, काठमाडौं । टेलिभिजन रियालिटी शो ‘एक्टिङ स्टार’को जुरी सार्वजनिक गरिएको छ । केहि महिना अगाडी नै डिजिटल अडिसनको आव्हान गरेर प्रतियोगी खोज्दै गरेको रियालिटी शोको जुरी फाइनल भएको छन् । जुरी टिममा निर शाह, अनुप बराल र ऋचा शर्मा रहेको जानकारी आयोजक संस्थाले गराएको छ ।
अभिनयका बादशाह भनेर चिनिने निर शाह, थुप्रै सफल कलाकारका गुरु अनुप बराल र चर्चित अभिनेत्री ऋचा शर्माले ‘एक्टिङ स्टार’को छनोट गर्नेछन् । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने हजार भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी दिएको छ ।
डिजिटल अडिसनबाट छनोट हुने व्यक्तिहरुलाई उनिहरुकै गाउँ ठाउँमा पुगेर सहभागिताको प्रमाण पत्र प्रदान गर्ने निर्माण टिमले बताएको छ । कार्यक्रममा सहभागी हुनको लागी डिजिटल अडिसन मार्फत बाल कलाकार, युवा कलाकारको साथ साथै बृद्दहरुको समेत रुची देखिएको छ ।
अभिनय कला प्रस्फुटन गर्ने उद्देश्यले ल्याउन लागिएको यो शोको निर्देशन बिशाल भण्डारीले गर्नेछन् । रियालिटी शो ‘एक्टिङ स्टार’ एपिवान टिभी मार्फत प्रशारण हुनेछ । गायन, नृत्य र कमेडीका रियालिटी शोहरुलाई दर्शकले रुचाइरहेका बेला ‘एक्टिङ स्टार’ पनि आउन लागेको हो ।
‘एक्टिङ स्टार’को डिजिटल अधिकार ओएस आर डिजिटलले खरिद गरेको छ । ‘एक्टिङ स्टार’को विजेताले नगद पुरस्कार राशीसहित फिचर सिनेमामा काम गर्ने अवसर पाउनेछन् ।



प्रतिक्रिया