विपिन र उपासनाको ‘कर्मा’ शुभमुहुर्तसँगै छायांकन सुरु

विपिन र उपासनाको ‘कर्मा’ शुभमुहुर्तसँगै छायांकन सुरु

द सिनेमा टाइम्स
84
Shares

द सिनेमा टाइम्स, काठमाडौं । सौरभ चौधरीको निर्देशनमा निर्माण हुन लागेको सिनेमा ‘कर्मा’को शुभमुहुर्तसँगै छायांकन सुरु गरिएको छ ।

निर्देशक चौधरीले आफ्नो आगामी एक्सन सिनेमाको छायांकन शुक्रबारदेखि दाङको घोराहीबाट सुरु गरेका हुन् । ४० दिन दाङ र ६ दिन रुकुममा छायांकन हुने सिनेमाको मुख्य भूमिका निभाइरहेका कलाकार विपिन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल र दिव्यदेवको सहभागीतामा शुभ-मुहुर्तसँगै छायांकन सुरु गरिएको हो ।

यो सिनेमामा विपिन र उपासना जोडीको रूपमा देखिने छन् भने मुकुन नेगेटिभ क्यारेक्टरमा देखिने भएका छन् । विउनीहरुले पहिलो पटक सिनेमामा सहकार्य गर्न लागेका हुन् । एक्सन ड्रामा जनरामा निर्माण हुने सिनेमाको कथा निर्देशक चौधरी स्वयंले लेखेका छन् । निर्देशक चौधरीका अनुसार यो सिनेमामा अभिनेता विपीनलाई पहिलोपटक एक्सन अवतारमा देख्न पाइनेछ ।

यसअघि निर्देशक चौधरीले यसअघि ‘अगस्त्यः च्याप्टर १’को निर्देशन गरेका थिए । ‘कर्मा’ उनको तेस्रो निर्देशकीय फिचर सिनेमा हो । निर्देशक चौधरीलाई ‘अगस्त्यस् च्याप्टर-१’बाट दर्शकहरू र समीक्षकहरूको राम्रो प्रतिक्रिया प्राप्त भएको थियो, जसले गर्दा ‘कर्मा’प्रति पनि उच्च अपेक्षा गरिएको छ ।

आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा बसन्त लम्सालको लगानी रहनेछ । छायाकंन सुरु हुनु अगावै अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री गर्न सफल भएको ‘कर्मा’ नयाँ वर्षको छेको पारेर आगामी चैत्रको २९ गते प्रदर्शनमा आउने घोषणा गरिएको छ ।