बसन्त निरौलाको निर्देशनमा ‘दशमी’ निर्माण घोषणा

बसन्त निरौलाको निर्देशनमा ‘दशमी’ निर्माण घोषणा

द सिनेमा टाइम्स
168
Shares

द सिनेमा टाइम्स, काठमाडौं । निर्देशक वसन्त निरौलाले ‘दशमी’ नाममा सिनेमा निर्माणको घोषणा गरेका छन् । शनिबार भक्तपुरको सुर्य विनायक गणेशथान मन्दिरमा स्क्रिप्ट पूजा गर्दै सिनेमाको निर्माणको घोषणा गरेका हुन् ।

रेड आई फिल्मस् र रोमन फिल्मस्को प्रस्तुति रहने रहने सिनेमामा राजकुमार पण्डितको लगानी रहनेछ । सिनेमाको लेखक दिलीप रानाभाट हुन् । राजाराम बुढाथोकी, समीर पण्डित, सौगात पण्डित, पदम तामाङ र भीमप्रसाद आचार्य सिनेमामा निर्माताको रुपमा रहेका छन् ।

विजय बस्याल कार्यकारी निर्माता रहेको सिनेमाको प्रोडक्शन म्यानेजर दिलीप पन्त हुन् । निर्देशक निरौलाले सिनेमाको नाम घोषणा गरेपनि कलाकारको लाइनअप भने सार्वजनिक गरेका छैनन् । उनले सिनेमा दशैंको फूलपातीका दिन रिलिज हुने बताएका छन् ।

निर्माणको तयारीमा रहको ‘दशमी’ गएको दशैंमा रिलिज भएको सिनेमा ‘ज्वाइँ साब’को टिमले निर्माण गर्न लागेको हो । आगामी फागुनमा छायांकनमा निस्कने सिनेमामा कलाकारबाहेक अधिकांश टिम ‘ज्वाइँ साब’को दाहोरिएको छ । निरौलाको निर्देशन रहेको ‘ज्वाइँ साब’ले बक्सअफिसमा राम्रो व्यापार गरेको थियो ।