द सिनेमा टाइम्स, काठमाडौं । हरर कमेडी सिनेमा ‘फिरफिरे फिरिरी’को पोस्टर सार्वजनिक गरिएको छ । सिनेमाको नयाँ पोस्टरसँगै प्रदर्शन मिति पनि सार्वजनिक गरिएको हो । यो सिनेमा आगामी माघ ४ गतेबाट प्रदर्शनमा आउने भएको छ ।
बिन्दबासिनी क्रियसनको ब्यानरमा निर्माण गरिएको सिनेमामा मनोजकुमार अधिकारीको लगानी छ । अधिकारीले यसअघि सिनेमा ‘नौ डाँडा पारी’ र ‘मंगलसुत्र’ निर्माणसँगै अभिनय पनि गरेका थिए । पछिल्लो समय संसारभर हरर कमेडी सिनेमाले राम्रो दर्शकको साथ पाई रहेको बेला अधिकारीले नेपाली हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’को निर्माण गरेका हुन् ।
सिनेमामा सन्दिप श्रेष्ठ र नबिन भट्टको लेखन रहेको छ । यही सिनेमाबाट सन्दीप श्रेष्ठ र भावना उप्रेतीले नेपाली रजतपटमा डेब्यु गर्दैछन् । सिनेमालाई नविन भट्टले निर्देशन गरेका हुन् । यो उनको निर्देशकिय डेब्यु सिनेमा हो । नितिश पुन सिनेमाको सह-निर्माता रहेका छन् ।
सिनेमामा मनोज कुमार अधिकारी, सन्दिप श्रेष्ठ, भावना उप्रेती, रबीना केसी, पुष्प अवस्थी, सूर्यमान लिम्बु लगायतका कलाकारको अभिनय रहेको छ । सिनेमामा जितु तामाङको छायांकन, केशव राज भट्टको कोरियोग्राफी, एलिस कार्कीको ब्याकराउण्ड म्युजिक, प्रशान्त सिवाकोटीको संगीत, अमित श्रेष्ठको साउण्ड डिजाइन, अनन्त घिमिरेको सम्पादन तथा कलर संयोजन रहेको छ ।



प्रतिक्रिया