नाजिर हुसेन निर्देशित नाटक ‘हरि हजुरबा’ मञ्चन हुँदै, मुख्य भूमिकामा विजय बराल

नाजिर हुसेन निर्देशित नाटक ‘हरि हजुरबा’ मञ्चन हुँदै, मुख्य भूमिकामा विजय बराल

द सिनेमा टाइम्स
84
Shares

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता नाजिर हुसेनको लेखन, परिकल्पना तथा निर्देशनमा नाटक ‘हरि हजुरबा’ मञ्चन हुन लागेको छ । मण्डला नाटक घर थापागाउँमा पुष ४ गतेदेखि २८ गतेसम्म यो नाटक मञ्चन हुने छ ।

यो नाटकबाट नाजिरसहित अभिनेता विजय बराल लामो समय पश्चात रंगमञ्चमा फर्किन लागेका हुन् । उनीहरुसँगै रियुल्साङ, सबिना थापा, रोहीत शाह, सुजना पाण्डे, मनिष पाण्डे र रिसु राउतको अभिनय नाटकमा रहनेछ ।

यो नाटकको निर्मातामा अभिनेताद्धय दयाहाङ राई र बुद्धि तामाङ छन् । द्वन्द्वले पारेको प्रभाव र मानवीय सम्बन्धको गहिराइलाई यो नाटकले उजागर गर्नेछ । चिठी पु¥याउँदै हिँड्ने हुलाकी केटो हरि र द्वन्द्वमा हराएकी नातिनीलाई पर्खिरहेका हजुरबाको मार्मिक कथा नाटकमा प्रस्तुत गरिनेछ ।

यो नाटकको कथा र लेखन कविताबाट उत्प्रेरित छ, जसलाई कथाको रूप दिनुका साथै नाटकको संरचनामा प्रस्तुत गरिएको छ । नाटकलाई द्वन्द्वले दिएको घाउमा मलम लगाउने प्रयासका रूपमा चित्रण गरिएको छ ।

आउँदो बिहीबारदेखि सोमबार बाहेक प्रत्येक दिन नाटक मञ्चन हुनेछ । शनिबार भने दिउँसो १ बजे र साँझ ५ः१५ बजे दुईवटा शो हुनेछन् । नाटकको सन्देश र प्रस्तुतिले दर्शकलाई गहिरो अनुभूति दिने अपेक्षा ‘हरि हजुरबा’ टिमको छ ।