दयाहाङ र आँचलको ‘दुखी आत्मा’ फर्स्टलुक पोस्टर सार्वजनिक

दयाहाङ र आँचलको ‘दुखी आत्मा’ फर्स्टलुक पोस्टर सार्वजनिक

द सिनेमा टाइम्स
168
Shares

द सिनेमा टाइम्स, काठमाडौं । रंग पत्रकार दीपेन्द्र लामा लिखित तथा निर्देशीत सिनेमा ‘दुखी आत्मा’को फर्स्टलुक पोस्टर सोमबार सार्वजनिक गरिएको छ । विभिन्न ३ डिजाइनका पोस्टर मध्ये एउटामा दयाहाङ राई सिंगल छन भने अर्कोमा उनी र आँचल शर्मा प्रेमील भावमा प्रस्तुत छन् ।

सार्वजनिक तेस्रो पोस्टरमा भने दयाहाङ र आँचलका साथमा अनुपबिक्रम शाही, बुद्धि तामाङ, रेअर राई, लोकेन्द्र लेखक र आशान्त शर्मालाई प्रस्तुत गरिएको छ । फागुन २ गते रिलिज हुने सिनेमाको पोस्टरले दर्शकमा थप कौतुहलता जगाउने देखिन्छ ।

क्लक वर्क कृएसनको ब्यानरमा हिमाल कडरियाको निर्माण अनि सुदिप ढकाल कार्यकारी निर्माता रहेको सिनेमामा चर्चित कवि श्रवण मुकारुङका विभिन्न १० वटा पेचिला कविता पनि समेटिएको छ । आलोक शुक्लाले खिचेको सिनेमा निमेष श्रेष्ठले सम्पादन गरेका हुन । आरआर फिल्मस्ले ‘दुखी आत्मा’लाई नेपालभर बितरण गर्दैछ ।