द सिनेमा टाइम्स, काठमाडौं । चलचित्र विकास बोर्डले रियल टाइम बक्स अफिस सार्वजनिक गर्ने भएको छ । अहिले भइरहेको बक्सअफिस सिस्टममा थप परिमार्जन गर्दै बोर्डले रियल टाइम बक्स अफिस सार्वजनिक गर्ने भएको हो ।
वैशाख १ गते यसको औपचारिक रुपमा उद्घाटन गर्ने तयारी छ । यसले अहिले निर्मातामा रहेको पादर्शीताको प्रश्न र समस्या हल गर्ने बोर्डको विश्वास छ । बक्स अफिस जडान नगरेका हलमा पनि बक्स अफिस वैशाख अगाडि नै जडान गर्ने बोर्डले बताएको छ ।
काठमाडौंसहित बाहिरका केही हल अहिले पनि बक्सअफिस बाहिर छन् । यसले गर्दा बक्स अफिस रिपोर्ट तत्काल आउँदैन ।सबै हलमा बक्स अफिस जडान नभएकाले वितरक र बोर्डले दिएको बक्स अफिस डाटा फरक हुने गरेको छ । बोर्डले बक्स अफिस पारदर्शी बनाउने प्रयासमा लागिरहेको बताउँदै आएको छ । विकास बोर्डका अध्यक्ष दिनेश डिसी यसमा आफैँ खटिरहेको बताउँदै आएका छन् । वैशाख १ गतेबाट नेपाली सिनेमाको बक्स अफिस रिपोर्ट पारदर्शी र सबैलाई चित्त बुझ्दो हुने उनले बताएका छन् ।


प्रतिक्रिया