फागुन २ गते भ्यालेन्टाइन्स डेमा सलोनको ‘रंगी’ रिलिज घोषणा

फागुन २ गते भ्यालेन्टाइन्स डेमा सलोनको ‘रंगी’ रिलिज घोषणा

द सिनेमा टाइम्स
91
Shares

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता सलोन बस्नेत प्रस्तुतकर्ता रहेको सिनेमा ‘रंगी’ आगामी फागुन २ गते भ्यालेन्टाइन्स डेमा प्रदर्शन हुने भएको छ । बुधबार सिनेमाको रिलिज मितिसहितको पोस्टर र मोसन पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरिएको हो ।

सिनेमाको सार्वजनिक पोस्टरमा कलाकार सलोन बस्नेत र बाल कलाकार आयुषी ढकाललाई प्रस्तुत गरिएको छ । ग्रामीण बजारलाई पृष्ठभूमिमा राखेर तयार पारिएको पोस्टरमा आयुषी र सलोनलाई गम्भीर भावमा प्रस्तुत छन् । त्यस्तै मोसन पोस्टरमा सलोन, आयुषी र डेब्यु अभिनेत्री नम्रता श्रेष्ठलाई देख्न सकिन्छ । नम्रता ‘मिस वर्ल्ड नेपाल २०२०’की विजेता हुन् ।

सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको सिनेमा ‘रंगी’ सलोनको डेब्यू निर्माण हो । सुरेश न्यौपानेको डेब्यू निर्देशन रहेको सिनेमामा सलोन, नम्रता र आयुषीसँगै दिलीप रायमाझी, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको अभिनय छ । प्रस्तुतकर्ता सलोनका अनुसार सिनेमाले बाबुछोरीको कथा देखाउनेछ ।

सक्षम सुवेदी र करिश्मा केसी बस्नेतको निर्माण रहेको सिनेमामा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, प्रिज्मा श्रेष्ठको मेकअप, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको कलर, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतको प्रोडक्सन डिजाइन छ ।