द सिनेमा टाइम्स, काठमाडौं । यो वर्षको हिट सिनेमा मध्यको एक ‘खुस्मा’ ओटिटी प्लेटफर्म एमएसएम भिडियोमा रिलिज भएको छ । दर्शक तथा समीक्षकबाट राम्रो प्रतिक्रिया पाएको सिनेमाले ओटिटी प्लेटफर्ममा समेत नेपाली सिनेमाप्रेमी दर्शकबाट राम्रो साथ पाउने अपेक्षा निर्माण टिमको छ ।
अशोक थापा मगरको डेव्यु निर्देशकिय सिनेमाले नेपाली बक्सअफिसमा करिब ७ करोड ग्रसकलेक्सन गरेको व्यापारिक आँकडा वितरकले सार्वजनिक गरेका थिए । निर्देशक थापा मगरले यसअघि केही डकुमेन्ट्री सिनेमा लेखन तथा निर्देशन गरेका छन् । डकुमेन्ट्री सिनेमाबाट निर्देशक थापाले नौ वटा बिभिन्न अन्र्तराष्ट्रिय सिनेमा महोत्सवबाट आवार्ड प्राप्त गरिसकेका छन् ।
एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको सिनेमाको निर्मातामा विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर र बेतान मगर छन्, भने सह–निर्माता सुस्मिता बुढाथोकी हुन् । सिनेमामा दिपक बज्राचार्यको छायांकन रहेको छ ।
सिनेमामा धिरज र उपासनाका अलवा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ ।
मगर समुदायको परिवेशमा निर्माण भएको प्रेमकथामा आधारित सिनेमाले जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेमलाई पर्दामा देखाउने छ । एसडी योगी र छान्जु पार्क (कोरियन)को संगीत, सुरेन्द्र राना, राम अविरल बिष्ट र निर्देशक थापा मगरको गीत रचना रहेको छ ।


प्रतिक्रिया