छायांकनरत सिनेमा ‘रिमै’को जापान प्रदर्शन अधिकार बिक्रि

छायांकनरत सिनेमा ‘रिमै’को जापान प्रदर्शन अधिकार बिक्रि

द सिनेमा टाइम्स
154
Shares

द सिनेमा टाइम्स, काठमाडौं । खिल बहादुर गुरुङको निर्देशनमा निर्माण भैरहेको छायांकनरत सिनेमा ‘रिमै’को विदेश प्रदर्शन अधिकार बिक्रि हुन थालेको छ । सिनेमाको जापान प्रदर्शन अधिकार सुवास लामिछानेको भिजोनिया कम्पनीले किनेको हो । सुवास नेपाली सिनेमा जापान रिलिज गर्नेमा अग्रपंक्तिमा रहँदै आएका छन् ।

सिनेमाको जापान प्रदर्शन अधिकारका लागि भिजोनिया कम्पनीका नेपाल प्रतिनिधि सचित खड्काले यही हप्तामा निर्माण कम्पनी आरआर फिल्मस्सँग लिखित सम्झौता गरेका हुन् । सिनेमा छायांकनको चरणमा रहँदा नै विदेश राइट्स बिक्न थालेको र पहिलो प्रदर्शन अधिकार जापान बेच्न पाउँदा खुशी लागेको सिनेमाका प्रस्तुतकर्ता रोहित कट्टेलले बताए ।

गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्मस् प्रालीको प्रस्तुती र आरआर फिल्मस् तथा रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भैरहेको छ । सिनेमामा दयाहाङ राई, रिस्मा गुरुङ, बुद्धि तामाङ, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरवल घले, डिवी गुरुङ लगायतका कलाकारको अभिनय रहनेछ ।

उपेन्द्र सुब्बाको लेखन रहेको सिनेमालाई शैलेन्द्र ध्वज कार्कीले छायांकन गरिरहेका छन् । वीरवल घले, टिका गुरुङ र दुन बहादुर घले निर्माता रहेको सिनेमामा बिनु गुरुङ, रोशन भट्टराई राजेश घिमिरे सह-निर्माताको रुपमा रहेका छन् । सिनेमामा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक, बिष्णु मैनाली प्रोडक्सन म्यानेजर र मित्र डि गुरुङको सम्पादन रहनेछ ।

गत एक महिना यता सिनेमाको गोरखा जिल्लाको विभिन्न ठाउँमा छायांकन भैरहेको छ । रोहित कट्टेल प्रस्तुतकर्ता रहेको सिनेमाका कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन् । सिनमालाई आरआर फिल्मस्ले वितरण गर्नेछ ।