‘फिरफिरे फिरिरी’को गीत ‘अलमल जिन्दगी’ सार्वजनिक

‘फिरफिरे फिरिरी’को गीत ‘अलमल जिन्दगी’ सार्वजनिक

द सिनेमा टाइम्स
63
Shares

द सिनेमा टाइम्स, काठमाडौं । हरर कमेडी सिनेमा ‘फिरफिरे फिरिरी’को गीत ‘अलमल जिन्दगी’ सार्वजनिक भएको छ । माघ ४ गतेबाट प्रदर्शनमा आउने ‘अलमल जिन्दगी’को स्याड भर्सनको गीत रिलिज गरिएको हो । प्रशान्त शिवाकोटीको स्वर, शब्द तथा संगीत रहेको सार्वजनिक गीतमा रिजोल पोखरेलको संगीत संयोजन रहेको छ ।

बिन्दबासिनी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमालाई मनोजकुमार अधिकारीले निर्माण गरेका हुन् । नितिश पुन सह-निर्माता रहेका छन् । अधिकारीले यसअघि सिनेमा ‘नौ डाँडा पारी’ र ‘मंगलसुत्र’ निर्माणसँगै अभिनय पनि गरेका थिए । पछिल्लो समय संसारभर हरर कमेडी सिनेमाले राम्रो दर्शक पाइरहेको बेला अधिकारीले नेपाली हरर कमेडी ‘फिरफिरे फिरिरी’को निर्माण गरेका हुन् ।

सिनेमामा सन्दिप श्रेष्ठ र नबिन भट्टको लेखन रहेको छ । यही सिनेमाबाट सन्दीप श्रेष्ठ र भावना उप्रेतीले नेपाली रजतपटमा डेब्यु गर्दैछन् । सिनेमालाई नविन भट्टले निर्देशन गरेका छन् । उनको यो निर्देशनमा डेब्यु सिनेमा हो ।

सिनेमामा मनोज कुमार अधिकारी, सन्दिप श्रेष्ठ, भावना उप्रेती, रबिना केसी, पुष्प अवस्थी, सूर्यमान लिम्बु लगायतका कलाकारको अभिनय रहेको छ । सिनेमामा जितु तामाङको छायांकन, केशव राज भट्टको कोरियोग्राफी, एलिस कार्कीको ब्याकराउण्ड म्युजिक, प्रशान्त सिवाकोटीको संगीत, अनन्त घिमिरेको सम्पादन तथा कलर संयोजन रहेको छ ।