द सिनेमा टाइम्स, काठमाडौं । नेपाली सिनेमा ‘एक्लो’को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । साइन्स फिक्सन जनरामा आधारित रहेर निर्माण भइरहेको सिनेमाका दुई मुख्य पात्रको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको हो । हलिउड कलाकार जेमी बेकम र डान्सर तथा अभिनेत्री कविता नेपालीको पोस्टर सार्वजनिक गरिएको हो ।
सिनेमाका निर्देशक प्रदीप शाही हुन् । यो शाहीको तेश्रो निर्देशकिय सिनेमा हो । लामो समय देखि बेलायत बस्दै आएका शाहीले ‘एक्लो’लाई हलिउड स्तरको सिनेमा निर्माण गर्ने अठोटका साथ अहिले पोष्ट प्रोडक्सनमा व्यस्त छन् । हाल सिनेमाको बेलायतस्थित लण्डनमा पोस्ट प्रोडक्सनको काम भइरहेको छ । सिनेमाको सम्पूर्ण काम सकिए पश्चात मात्र प्रदर्शन मिति घोषणा गर्ने निर्देशक शाहीले बताए ।
सिनेमामा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, बेनिशा हमाल, दिनेश डिसी, कविता नेपाली, सुरज सिङ ठकुरी, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकरी, दिग्गज खत्री, विनोदकुमार सुवेदी क्षितिज, श्रीशेष श्रेष्ठ र बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिङलगायत बेलायती अभिनेता जेमी बेकनको अभिनय रहेको छ ।
सिनेमा ‘एक्लो’का निर्माता राजु कुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन हुन् । विनोद सुवेदी क्षितिज कार्यकारी निर्माता रहेको सिनेमामा बाबु श्रेष्ठको छायांकन, राजु तामाङको द्वन्द्व निर्देशन, राजु पेन्टरको सेट डिजाइन, सन्तोष लामाको कला निर्देशन तथा प्रेम खड्का प्रोडक्सन डिजाइनरको रुपमा रहेका छन् ।


प्रतिक्रिया