पौष १० बाट क्रिसमसको अवसरमा रिलिज भयो ‘देव वाणी’

पौष १० बाट क्रिसमसको अवसरमा रिलिज भयो ‘देव वाणी’

द सिनेमा टाइम्स
119
Shares

द सिनेमा टाइम्स, काठमाडौं । पौष १० गते बुधबार आज क्रिसमसको अवसर पारेर नेपाली सिनेमा ‘देव वाणी’ प्रदर्शनमा आएको छ । एक्सन जनरामा निर्माण भएको सिनेमाले मल्टीप्लेक्सदेखि सिंगल स्क्रिनसम्म न्युन शो पाएको छ । कमजोर प्रचारका कारण हलले यो सिनेमालाई न्युन शो उपलब्ध गराएको बुझ्न सकिन्छ ।

बाबु साहेब बलामीको निर्देशनमा निर्माण भएको सिनेमा ‘देव वाणी’ प्रचारको लागि बलिउड सिनेमा वान्डेड भिलेन अभिनेता ह्यारी जोश नेपाल आएका छन् । उनी यो सिनेमामा बिशेष भूमिकामा देखिनेछन् ।

सिनेमामा भोजपुरी तथा केही बलिउड सिनेमामा समेत काम गरिसकेका कुन्दन भारद्धाज, अनुजा लेप्चा, सुनिल थापा, रविन्द्र झा, ध्रुव कोइराला, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, लक्ष्मीनाथ तिमल्सिना लगायतका कलाकारको अभिनय छ ।

मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमामा मिना खड्का र हिराबहादुर लेप्चा निर्माता रुपमा छन् । सिनेमाको कार्यकारी निर्माता मनकुमार लेप्चा र रमेश ढुंगेल ‘झापाली’ हुन् । सिनेमा नेपाली र हिन्दी भाषामा निर्माण भएको छ । भारतमा पनि केहीदिनमा नै यो सिनेमा रिलिज हुने तयारीमा रहेको निर्देशक बलामीले बताए ।

नेपालको सिमरा, वीरगन्ज, इटहरी र काठमाडौं तथा भारतमा छायांकन गरिएको सिनेमामा निराजन मेहता मन्जिलको पटकथा तथा संवाद, हरिबहादुर घलेको छायांकन, श्री श्रेष्ठ र देव महर्जनको द्वन्द्व, रामजी लामिछाने र तेन्जु योञ्जनको कोरियोग्राफी, मनोहर सुनाम र सन्तोष प्रगाढको संगीत, बन्दे प्रसादको सम्पादन र तर्कराज न्यौपानेको मुख्य सहायक निर्देशन छ ।