द सिनेमा टाइम्स, काठमाडौं । बाल विवाह तथा महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले निर्माण गरिएको सिनेमा ‘जुना’को फर्स्टलुक सार्वजनिक भएको छ । आगामी माघ २५ गते रिलिज हुने सिनेमालाई जीवन सेञ्चुरीले निर्देशन गरेका हुन् । यो उनको डेव्यु निर्देशकिय सिनेमा हो ।
गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्च सेन्टर प्रालिको व्यानरमा निर्माण भएको सिनेमाको बुधबार सार्वजनिक पोस्टरमा मुख्ख अभिनेत्री अस्मिता ढकाललाई सोलो रुपमा प्रस्तुत गरिएको छ । पोस्टरमा अस्मितालाई ग्रामीण पहिरनमा देख्न सकिन्छ । सिन्दुर, पोते र हातमा बाला लगाएकी अस्मिता कतै हेरिरहेकी छन् । पृष्ठभूमि हेर्दा उनी रुखको फेदमा बसेको अनुमान लगाउन सकिन्छ ।
सिनेमामा अस्मितासँगै कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, कमल बोहोरा, अस्मिता बस्नेत, खगेन्द्र न्यौपाने, विकास आनन्द, इन्द्र बिके र केशव अधिकारीको अभिनय छ । यो सिनेमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसद, विज्ञ, लेखक, समालोचक लगायतले हेरिसकेका छन् । उनीहरुले सिनेमालाई राम्रो पतिक्रिया दिएका थिए ।
पर्वतको सालिजा ओख्रेनीमा छायांकन गरिएको सिनेमामा दीपकप्रसाद घिमिरेको लगानी छ । सिनेमामा राजबहादुर सानेको कथा, बीबी अनुरागी र रमेश सेञ्चुरीको संगीत, जीवन सेञ्चुरी र भीमबहादुर पौडेलको शब्द रचना, अञ्जु पन्त, पूर्णकला बिसी र यदुराई लकान्द्रीको स्वर र रामेश्वर हुमागाईको डिओपी छ । सिनेमाको वितरण एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले गर्नेछन् ।



प्रतिक्रिया