द सिनेमा टाइम्स, काठमाडौं । निर्देशक दीवाकर भट्टराईको निर्देशनमा निर्माण भैरहेको छायांकनरत सिनेमा ‘नरसिंहाः अवतार’को प्रदर्शन मिति घोषणा गरिएको छ । बिहीबार सिनेमाको वितरण कम्पनी र निर्माताबीच सल्लाह गरेर प्रदर्शन मिति घोषणा गरिएको हो ।
यो सिनेमालाई चैत्रको २९ गतेबाट रिलिजमा आउने घोषणा यसको निर्माणपक्षले गरेको हो । नयाँ बर्षको छेको पारेर यो सिनेमा चैत्र २९ बाट प्रदर्शनमा आउन लागेको हो । दिवाकर भट्टराइकै लेखन रहेको सिनेमाबाट महानायक राजेश हमाल लामो समयपछि नेपाली सिनेमा क्षेत्रमा कमब्याक गर्दैछन् । यसैले, पनि यो सिनेमा घोषणा भएसँगै प्रतिक्षामा छ ।
सिनेमा ‘नरसिंहाः अवतार’मा राजेश हमालसँगै राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, प्रशान्त ताम्राकार, नीर शाह, सरोज खनाल, राजीव मानन्धर, सुशान्त श्रेष्ठ, उषा खड्गी, राजीव जंग बस्नेत, प्रकाश कुँवर, अमित गिरी, रमेश सोडारी, सरोज शाह, अमित श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय छ ।
सिनेमामा नेम महर्जन, दीपक शर्मा ढकाल, ध्रुव न्यौपाने र नरेन्द्र महर्जनको लगानी छ । ८ बर्षपछि सिनेमामा फर्किन लागेका महानायक राजेश हमालको भूमिकाले दर्शकलाई उत्साहित बनाएको छ । सिनेमालाई एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले देशभरका हलमा वितरण गर्दैछन् ।


प्रतिक्रिया