द सिनेमा टाइम्स, काठमाडौं । रंग पत्रकार तथा समीक्षक दीपेन्द्र लामा निर्देशित सिनेमा ‘दुखी आत्मा’को फर्स्टलुक सार्वजनिक भएसँगै विदेशी बजारमा डिमाण्ड बढेको छ । बुधबार यो सिनेमाको जापान वितरण अधिकार विक्री गरिएको छ ।
यो सिनेमालाई जापान प्रदर्शन अधिकार यूएनए इन्टरटेन्मेन्टले खरिद गरेको हो । यूएनएका प्रमुख उज्ज्वल गुरागाँइले ‘दुखी आत्मा’को जापानमा उच्च माग भएकाले खरिद गरेको बताए । निर्माण टिमले कती रकममा सिनेमाको अधिकार विक्री गरेको हो भन्ने खुलाएको छैन ।
यो सिनेमामा दयाहाङ राई, आँचल शर्मा, अनुप विक्रम शाही, वुद्दि तामाङ, रेअर राई, लोकेन्द्र लेखक, आशान्त शर्मा लगायतका कलाकारहरुको अभिनय छ । नेपालमा फागुन २ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमालाई जापानमा पनि सोही मितिमा रिलिज गरिने यूएनएले जनाएको छ । सुदिप ढकाल कार्यकारी निर्माता रहेको सिनेमामा हिमाल कडरियाको लगानी छ ।
क्लक वर्क क्रियशनको ब्यानरमा निर्माण भएको सिनेमालाई आलोक शुक्लाले खिचेका हुन् भने निमेष श्रेष्ठले सम्पादन गरिरहेका छन् । सिनेमाको अन्य देशबाट पनि माग भइरहेको निर्माणपक्षले जनाएको छ । केही दिनमै अधिकांश देशमा सिनेमाको प्रदर्शन अधिकार बिक्री भइसक्ने निर्माता कडरियाले जानकारी दिए ।



प्रतिक्रिया