राम चरणको ‘गेम चेञ्जर’ ट्रेलर सार्वजनिक

राम चरणको ‘गेम चेञ्जर’ ट्रेलर सार्वजनिक

द सिनेमा टाइम्स
231
Shares

द सिनेमा टाइम्स, काठमाडौं । दक्षिण भारतीय सिनेमा ‘गेम चेञ्जर’को ट्रेलर सार्वजनिक भएको छ । ‘आरआरआर’ फेम्ड सुपरस्टार राम चरणको मुख्य भूमिका रहेको सिनेमाले राजनितिज्ञ र सरकारी कर्मचारीबीचको टकरावलाई देखाएको छ ।

तमिल सिनेमाका सफल निर्देशक शंकरले निर्देशन गरेका हुन् । सिनेमाको बिहीबार सार्वजनिक ट्रेलरले दर्शकमाझ उत्साह पैदा गरिरहेको बलिउड मिडियाले उल्लेख गरेका छन् । शंकरको गत वर्ष प्रदर्शनमा आएको सिनेमा ‘इन्डियन २’ बक्सअफिसमा असफल भएको थियो । जसको प्रत्यक्ष असर ‘गेम चेञ्जर’लाई भैरहेको बलिउड मिडियाले जानकारी दिएका थिए ।

‘इन्डियन २’ बक्सफिसमा असफल भएपछि वितरकले ‘गेम चेञ्जर’ प्रति उत्साह नदेखाएको दाबी बलिउड मिडियाको थियो । तर, बिहीबार ट्रेलर सार्वजनिक भएसँगै धेरै वितरकहरु आर्कषक अफर बोकेर निर्मातासम्म पुगेका खबर प्रकाशन बलिउड मिडियाले गरिरहेका छन् । निर्देशक शंकरले यो सिनेमाबाट सफल कमब्याक गर्ने चर्चा मिडियाले गरिरहेका छन् ।

दिल राजु, सिरिश र जि स्टुडियोले निर्माण गरेको सिनेमामा राम चरणसँगै बलिउड अभिनेत्री कियारा आडवाणी, एसजे सुर्या, ब्रह्मानन्दम, अञ्जली, श्रीकान्त, जयराम, सुनिल लगायतका कलाकारको अभिनय रहेको छ । यो सिनेमा १० जनवरीबाट विश्वभरका सिनेमा घरमा रिलिज हुँदैछ ।