‘बलिदान’को क्लाइमेक्सका लागि कालीदेवीको ४० फिट अग्लो मूर्ति

‘बलिदान’को क्लाइमेक्सका लागि कालीदेवीको ४० फिट अग्लो मूर्ति

द सिनेमा टाइम्स
1.7k
Shares

द सिनेमा टाइम्स, काठमाडौं । सन्तोष सेनले निर्देशन गरिरहेको सिनेमा ‘बलिदान’को क्लाइमेक्सका लागि कालीदेवीको ४० फिट अग्लो मूर्ति बनाएइको छ । सिनेमालाई विश्वस्नीय बनाउन उनले कुनै पनि सम्झौता गरेका छैनन् ।

क्लाइमेक्स सिनका लागि मोरङको हसिना सिमसारको जंगलको बीचमा भब्य सेट लगाएर छायाँकन भइरहेको छ । उनले छायाँकनका लागि बस्ती नै निर्माण गरेका छन् । पूर्वी नेपालको मोरङ र सुनसरीमा सिनेमाको छायाँकन भइरहेको छ ।

सन्तोषले हसिनासँगै मोरङ र सुनसरीका तीन ठाउँमा तीनवटा सेट बनाएर छायाँकन गरिरहेका छन् । इटहरीको बीएमसी स्टुडियो र मोरङको कानेपोखरीमा पनि सेट निर्माण गरेका छन् ।

‘बलिदान’को छायांकन सक्न करिब १० प्रतिशत बाँकी रहेको छ । सिनेमा ‘बलिदान’मा समिर भट्ट र सौगात मल्ल मुख्य भूमिकामा छन् । समीर र सौगातसँगै अर्पण थापा, दिव्य देव, अभिनेत्री ऋचा शर्मालगायतको अभिनय रहको निर्माणपक्षले जनाएको छ ।

आसुसेन फिल्मस् तथा सन्तोष सेनको प्रस्तुति रहने सिनेमामा निर्माताको रूपमा पवन ब्राडफोर्ड विस्ट तथा सह-निर्माता प्रेम पुरी छन् ।

सिनेमाको  बजेट करिब ९ करोड पुग्ने सन्तोषले यसअघि नै  बताइसकेका छन् । सुरुमा ६ करोड भनिए पनि इन्डियन प्राविधिक ल्याएपछि बजेट बढेको हो । सिनेमालाई राम्रो बनाउन कुनै कम्प्रमाइज नगर्ने सन्तोषका हरेक सिनेमा निर्माण घोषणादेखि नै प्रतिक्षित बन्छन् ।

‘बलिदान’मा समीर मुख्य भूमिकामा जोडिएसँगै यो सिनेमा झनै प्रतिक्षित बनेको छ । ‘१२ गाउँ’ समीरकै कारण ठूलो हाइप बनाएर २४ करोडभन्दा बढी कलेक्सन गरेका कारण र सन्तोषको मेघा प्रोजेक्ट भएकाले ‘बलिदान’ ब्यग्र प्रतिक्षित बनेको छ । ‘बलिदान’को सेटमा केही हप्ता अगाडि विराज भट्ट पनि पुगेका थिए ।