द सिनेमा टाइम्स, काठमाडौं । ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक सरोज पौडेलले नयाँ सिनेमा ‘कोशेढुंगा’ निर्माणको घोषणा भएको छ । आइतबार निर्देशक पौडेलले नयाँ सिनेमाको शिर्षकसहित थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरेका हुन् ।
सरोज पौडेलले आफूले निर्देशन गर्ने सिनेमाको थिम पोस्टरमा घुरमैलो बिहानीलाई पृष्ठभूमीमा राखेर पहाडलाई हेरिरहेकी एक महिला उभिएछिन् । माथि डाँडामा उभिएकी उनको अगाडि अग्लो रुख र पहाडी शैलीको घर छ । परपर क्षितिज छ । यो पोस्टरले ‘कोसेढुंगा’ सोसल ड्रामा भएको बुझ्न सकिन्छ । यसबारे निर्माणपक्षले भने केही बोलेको छैन ।
सिनेमाको मुख्य भूमिकामा को-को रहनेछन् त्यो भने निर्माण टिमले जानकारी दिएको छैन । ‘सिनेमा कस्तो हुने, कथा के हो, कलाकार को-को हुने त्यो हामी केही समयपछि जानकारी गराउनेछौं,’ निर्देशक पौडेलले भने, ‘तर हामी यति भन्छौँ, पूर्ण बहादुरको सारङ्गी जसरी दर्शकले मन पराउनुभयो त्यसैगरी मन जित्ने सिनेमा बनाउने प्रयासमा छौं ।’
नरदेवी फिल्मस्को प्रस्तुती रहेको सिनेमामा प्रेविल कँडेल र हरि महतको लगानी रहने छ भने दिनेश खड्का कार्यकारी निर्माता रहेका छन् । निर्माण पक्षले दिएको जानकारी अनुसार सिनेमा २०८२ मा रिलिज हुनेछ । बाबु श्रेष्ठको डीओपी रहने सिनेमा सुरेन्द्र पौडेलको सम्पादन, रिदम कँडेल र आषिश अविरलको संगीत र सुवलमणि सापकोटा कास्टिङ्ग डिरेक्टर हुन् ।


प्रतिक्रिया