दयाहाङ र आँचलको एडल्ट ड्रामा ‘दुखी आत्मा’को टिजर सार्वजनिक

दयाहाङ र आँचलको एडल्ट ड्रामा ‘दुखी आत्मा’को टिजर सार्वजनिक

द सिनेमा टाइम्स
574
Shares

द सिनेमा टाइम्स, काठमाडौं । रंग पत्रकार तथा समीक्षक दीपेन्द्र लामाको निर्देशनमा निर्माण भएको सिनेमा ‘दुखी आत्मा’को टिजर सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक ३ मिनेट १५ सेकेण्ड लामो टिजरले सिनेमाको कथासार बुझाउँछ ।

सिनेमाका प्राय सवैजसो मुख्य कलाकारलाई स्थान दिइएको टिजरमा श्रवण मुकारुङको कवितालाई पनि समावेश गरिएको छ । सार्वजनिक सिनेमा टिजरको सुरुवातमै एडल्ट वन्ली भनिएकाले पनि अहिलेका युवापुस्ताको मनोभावनालाई निर्देशक लामाले प्रस्तुत गरेको बुझ्न सकिन्छ । यस्तै, सिनेमाको सार्वजनिक टिजरमा समेत द्धिअर्थी लाग्ने संवादहरु सुन्न सकिन्छ ।

यो सिनेमाको टिजरले दर्शकलाई हसाउनुका साथै सोच्न बाध्य समेत बनाउँछ । यो सिनेमाबाट सिनेमाका मुख्य अभिनेता दयाहाङ राईले आफ्नो काम गर्ने कथावस्तुको शैलीसमेत फेरेका छन् । उनी यो सिनेमामा रोमान्टिक साथै पीडित युवाको भूमिकामा देखिएका छन् । उनको पीडाको भाव के हो त्यो ट्रेलरले अझै खुलाउने निर्माण टिमको दाबी छ ।

सिनेमामा दयाहाङ राई, आँचल शर्मा, अनुप विक्रम शाही, वुद्दि तामाङ, रेअर राई, पुष्कर गुरुङ, कविता आले, लोकेन्द्र लेखक, आरती आचार्य, आशान्त शर्मा, दिया मास्के, लुनिभा तुलाधर, शिशिर वाङ्देल लगायतका कलाकारहरुको फिल्ममा अभिनय छ ।

क्लक वर्क क्रियशनको व्यानरमा निर्माण भएको सिनेमामा हिमाल कडरियाको लगानी रहेको छ । आगामी फागुन २ गते प्रेम दिवसको अवसर पारेर प्रदर्शनमा आउन लागेको यो सिनेमाले दर्शकलाई हलसम्म तान्ने देखिएको छ । सुदिप ढकाल कार्यकारी निर्माता रहेको सिनेमामा आलोक शुक्लाको छायांकन, निमेष श्रेष्ठको सम्पादन छ ।