चलचित्र संघ र निर्माता संघको सदस्यता लिएपछि मात्रै सिनेमा रिलिज

चलचित्र संघ र निर्माता संघको सदस्यता लिएपछि मात्रै सिनेमा रिलिज

द सिनेमा टाइम्स
532
Shares

द सिनेमा टाइम्स, काठमाडौं । नेपाली चलचित्र अब स्वतन्त्र रूपमा रिलिज हुन पाउने छैनन् । निर्माताले आफ्नो सिनेमा रिलिज गर्न चलचित्र संघ र निर्माता संघको सदस्यता अनिवार्य रूपमा लिनुपर्नेछ ।

चलचित्र संघ र निर्माता संघले आफ्नो तर्फबाट बनाएको कार्यदलले यस्तो सहमति जुटाएको निर्माता संघका तर्फबाट कार्यदल संयोजक उदय सुब्बाले बताएका छन् । चलचित्र संघको तर्फबाट कार्यदलको संयोजक गोपालकाजी कायस्थ छन् ।

कार्यदलमा सिनेमा हलले सिनेमाको हल ट्रेलर १४ दिन बिना शुल्क बजाउने सहमति गरेको छ । निर्माता र हलसञ्चालकले ५०/५० प्रतिशत सेयर पाउने सुब्बाले बताएका छन् ।

हप्तामा दुईवटा मात्रै सिनेमा रिलिज गर्ने अथवा त्यो भन्दा धेरै एकै दिन रिलिज गर्ने भन्ने विषयमा भने सहमति जुट्न नसकेको उनको भनाइ छ ।