तीन हिरोइन समावेश गर्दै ‘होस्टेल ३’को दोस्रो पोस्टर सार्वजनिक

तीन हिरोइन समावेश गर्दै ‘होस्टेल ३’को दोस्रो पोस्टर सार्वजनिक

द सिनेमा टाइम्स
119
Shares

द सिनेमा टाइम्स, काठमाडौं । सुपरहिट सिनेमा ‘होस्टेल’को तेस्रो संस्करण ‘होस्टेल ३’को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । आगामी फागुन २३ गते रिलिज हुने सिनेमाको पोस्टरमा सबै मुख्ख कलाकारहरूलाई स्थान दिइएको छ ।

यसअघि सिनेमाको पहिलो झलक देखिने गरी चार मुख्य अभिनेताहरू आशिष घिमिरे, पारस बम (कुलब्वाई), रिहान गिरि र पदम तामाङलाई रमाइलो अवतारमा राखी पोस्टर सार्वजनिक गरिएको थियो । नयाँ पोस्टरमा भने यी कलाकारहरू सहित अभिनेत्रीहरू सिम्रन पन्त, हेना नगरकोटी र समा पराजुलीलाई राखिएको छ ।

‘होस्टेल ३’ले क्याम्पस जीवनका संघर्ष, मित्रता र रमाइलो क्षणहरूको कथा समेट्ने अपेक्षा गरिएको छ । यो सिनेमा नेपाल रिलिज मितिमा नै अन्य विभिन्न देशहरूमा पनि प्रदर्शनमा आउने तयारी छ । सिनेमाको निर्देशन सशान कँडेलले गरेका हुन् भने स्क्रिप्ट माधव शर्माले लेखेका छन् । कथा निर्देशक कँडेलकै हो ।

सम्मान इन्टरटेनमेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा निर्माण गरेको सिनेमाका निर्माताहरू सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी तथा कार्यकारी निर्माता शंकर कोइराला हुन् । सह-निर्माताहरू शिशिर ज्ञवाली, कुन्दन गुप्ता र अनिस सिग्देल तथा लाइन प्रोड्युसर कोशिसराज क्षेत्री छन् । सिनेमामा उमर खान, सन्तोष बानियाँ, रोहन श्रेष्ठ, आशिष पुरुषलगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।

सिनेमामा अर्जुन तिवारी डिओपी, बुद्ध थापा र मनोज खत्री सिनेमाटोग्राफी, अर्जुन पोखरेल, अलमोडा राणा उप्रेती, महेश ज्ञवाली र किरण माइकलको संगीत, विकास दाहालको सम्पादन, प्रवीण सिंह र रोशन विश्वकर्माको कोरियोग्राफी, हिमाल केसीको द्वन्द्व निर्देशन रहेको छ । सिनेमाको नेपाल वितरक आरआर फिल्मस् र काफिया फिल्मस् हुन् ।