नाजिर र सृष्टिको ‘मिसिङः केटी हराएको सूचना’को नयाँ ट्रेलर सार्वजनिक

नाजिर र सृष्टिको ‘मिसिङः केटी हराएको सूचना’को नयाँ ट्रेलर सार्वजनिक

द सिनेमा टाइम्स
126
Shares

द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता नाजिर हुसेन र अभिनेत्री सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको सिनेमा ‘मिसिङः केटी हराएको सूचना’को नयाँ ट्रेलर सार्वजनिक भएको छ । ५ मिनेट १६ सेकेण्डको लामो ट्रेलर सिनेमाका दुई मुख्य कलाकार नाजिर र सृष्टिको वरपर घुमेको छ ।

सामाजिक सञ्जालबाट भेटिएका उनीहरुबीच यात्रामा निस्किँदा आउने उतारचढावलाई ट्रेलरमा देखाइएको छ । विशेषत ट्रेलरले सिनेमाले पहाडी-मधेशी मेलमिलापको खोजी गरेको देखाएको छ । सिनेमामा नाजिर रामको भूमिकामा र सृष्टि सीताको भूमिकामा छन् । ट्रेलरमा केही दिनअघि सार्वजनिक गरिएको नयाँ गीत ‘सपनीमा’का फुटेजलाई पनि समावेश गरिएको छ ।

ट्राई सिटी पिक्चर्सको व्यानरमा निर्माण भएको सिनेमामा ३२ वर्षअघिको डकु-ड्रामा ‘उजेली’का निर्देशक दीपेन्द्र गौचनको निर्देशन छ । उनले ‘हाम्रो मुमिन’ डकुड्रामाको पनि निर्देशन गरेका थिए । दीपेन्द्रकै निर्माण रहेको सिनेमामा उनकै स्क्रिप्ट लेखन छ ।

सिनेमामा नाजिर, सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ । सिनेमामा अमितेष शाह विशेष भूमिका छन् ।

नकिम उद्दिन कार्यकारी निर्माता रहेको सिनेमामा मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन सह-कार्यकारी निर्माता, अमितेष शाह सहायक निर्माता, दीपेन्द्र गौचनको कथा र लेखन, अमित पोखरेल र अमितेष शाहको सहायक लेखन, अमित पोखरेलको स्क्रिप्ट सुपरभिजन छ ।

सिनेमामा अमर महर्जनको डीओपी, निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको द्वन्द्व, दीपेन्द्र गौचन, प्रवेश मल्लिक र करुण थापाको संगीत, दीपेन्द्र गौचन, अमितेष शाह, करुण थापाको शब्द, सितुसित बस्नेत, रोहित जोन क्षेत्री, प्रवेश मल्लिक, नेहा प्रियदर्शनी, करण परियार र इन्दिरा जोशीको स्वर, रामजी लामिछाने र राजीव कर्णको कोरियोग्राफी छ ।