शुक्रबारबाट प्रदर्शनमा आयो दयाहाङ र जितुको ‘कार्साङ’

शुक्रबारबाट प्रदर्शनमा आयो दयाहाङ र जितुको ‘कार्साङ’

द सिनेमा टाइम्स
133
Shares

द सिनेमा टाइम्स, काठमाडौं । पौष २६ गते अर्थात् आज शुक्रबारबाट नेपाली सिनेमा घरमा दयाहाङ राईको मुख्य भूमिका रहेको सिनेमा ‘कार्साङ’ प्रदर्शनमा आएको छ । बुधबार आयोजित प्रिमियर शोमा उत्साहजनक प्रतिक्रिया पाएको सिनेमाले सुखद् सुरुवात समेत गरेको छ ।

पौष महिनाको जाडोका बावजुद पनि हलमा बिहानी शोमा दर्शकको सुखद् अकुपेन्सी देखिएको छ । यसको कारण सिनेमाले दर्शकमाझ बनाएको हाइप र प्रिमियरमा मिलेको उत्साहजनक प्रतिक्रिया नै मुख्य कारण हो । आजबाट दर्शकबाट कस्तो प्रतिक्रिया पाउँछ । त्यसले सिनेमाको व्यापारिक भविष्य देखाउने हलसञ्चालक र सिनेमाकर्मीको बुझाइ छ ।

सिनेमाले देशभरका मल्टीप्लेक्सदेखि सिंगल स्क्रिनसम्म राम्रो पाएको छ । शेर्पा समुदायको मौलिक कथा भन्ने सिनेमाले उनीहरूको संस्कार र संस्कृति देखाउनका साथै अभावमा बाँचिरहेको व्यक्ति आफ्नौ गाउँ, समाज र आफन्तबाट कसरी तिरस्कृत हुन्छन् भन्ने देखाएको छ । अभाव र दुःखमा बाँच्ने व्यक्तिलाई आफ्नो संस्कार जोगाउन कति कठिन छ भन्ने बुझ्न र अनुभूत गर्न ‘कार्साङ’ले सघाउने विश्वास निर्माण टिमलाई छ ।

यम शेर्पाको डेव्यु निर्देशकिय सिनेमा ‘कार्साङ’मा दयाहाङसँगै सिर्जना निङलेखु जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डिलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

यार्सा फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्को प्रस्तुतिमा निर्माण भएको सिनेमाका निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन् । गोविन्द बोहरा सह–निर्माता रहेको सिनेमाको कार्यकारी निर्मातामा आङछिरिङ शेर्पा छन् । सिनेमालाई आरआर फिल्मस्ले वितरण गरेको हो ।