द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता सलोन बस्नेतको प्रस्तुतीमा निर्माण भएको सिनेमा ‘रंगी’को पहिलो गीत ‘छ भने माया’ सार्वजनिक गरिएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको पहिलो गीत रिलिज गरिएको हो ।
दुर्गेश थापाको शब्द रचना, कम्पोज र संगीत निर्देशन रहेको गीतमा आनन्द कार्की र सुजाता थापाको स्वर छ । सिनेमाको सार्वजनिक गीतमा दीलिप रायमाझि, सलोन बस्नेत, पूर्व मिस नेपाल तथा डेव्यु अभिनेत्री नम्रता श्रेष्ठ र बाल कलाकार आयुषी ढकाल लगायतका कलाकारहरु फिचर्ड छन् । काभ्रेको बनेपास्थि चण्डेश्वरी मन्दिरमा छायांकन गरिएको गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।
सिनेमाका प्रस्तुतकर्ता तथा अभिनेता सलोन बस्नेतले आफू अष्ट्रेलियामा रहँदा यो गीत भर्चुअल माध्यममार्फत सुनेको स्मरण गर्दै एउटा राम्रो गीत दर्शकलाई दिन पाएकोमा खुशी व्यक्त गरे । निर्देशक सुरेश न्यौपाने र आफ्नो सानो प्रयासले ‘रंगी’को अवधारणा आएको र अहिले त्यो सार्थक बनेको सुनाए । डेब्यू निर्देशक न्यौपानेले ‘रंगी’ सलोन र आफ्नो सोचको परिणाम रहेकाले दर्शकले सामाजिक कथासँगै हाँसो र रोदनको मिश्रण पाउने बताए ।
डेब्यू अभिनेत्री नम्रता श्रेष्ठले आफूलाई विश्वास गरेर सिनेमामा लिएकोमा निर्माण टिमप्रति आभार व्यक्त गरिन् । उनले सामाजिक कथाको सिनेमामा जोडिन पाउनु र डान्सिङ नम्बरको गीतमा काम गर्न पाउनु खुशीको कुरा भएको बताइन् । सिनेमाकी निर्मात्री करिश्मा केसी बस्नेतले सिनेमा निर्माणमा पहिलो प्रयासलाई दर्शकले साथ दिनेमा ढुक्क रहेको बताइन् ।
सान्भी इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको सिनेमामा उत्तम केसी, सुमिन गुरुङ र विशाल पहारीको पनि अभिनय छ । सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतमको निर्माण रहेको सिनेमामा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, आमेश भण्डारी र भीम बिसीको संगीत, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको कलर, शिशिर खातीको कोरियोग्राफी छ ।


प्रतिक्रिया